१४ असोज, पर्वत । कुश्मा नगरपालिका वडा न ८ चुवामा ट्याक्सी दुर्घटना भएको छ । कुश्मा देखि पोखरा जाँदै गरेको ग १ छ ३२७३ नम्बरको ट्याक्सी शनिवार दिउँसो चुवामा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी चालक कृष्ण विक घाइते भएका छन । अन्य यात्रु भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । प्रहरीका अनुसार घाइते विकलाई जिल्ला अस्पतालमा उपचार पछी थप उपचारका लागि पोखरा रिफर गरिएको छ । ट्याक्सीमा चालक सहित ४ जना यात्रु सवार थिए ।




