१३ असोज, पर्वत । हिन्दु नेपालीहरुको महान पर्वत विजयादशीमको गाउँघरमा रौनक छाएको छ । गाउँघरमा चाडको रौनक छाउँदा जिल्लाको सदरमुकाम कुश्मा बजार भने सुनसान बन्दै गएको छ । दशै मनाउनका लागि सदरमुकाममा बस्ने अधिकांश आफ्नो जन्मगाउँ गएपछि बजार सुनसान बन्दै गएको हो ।
भोली १४ गते विजयादशमीको शुभसाइत भएकाले टिका र जमरा मान्यजनको हातबाट लगाउनका लागि अधिकांश यो चाडमा आफ्नो पूर्खौली घर जाने गर्छन । जिल्लाबाट झण्डै १० हजार बढि आफ्नो पूर्खौली घर गएको अनुमान गरिएको छ । चाड मनाउन सहज रुपमा ग्रामीण सडकमा सवारी साधन सञ्चालनका लागि जिल्लाका ७ वटै स्थानीय तहहरुले सडक सरसफाई गरेका कारण पनि यात्रा भने औसतमा सकसपूर्ण छैन ।




