Print

‘सक्षम युवा नेतृत्वले देश परिर्वतन गर्न सक्छ’–गिरी

७ असोज, पर्वत । नेकपा एमालेका जिल्ला अध्यक्ष पदम गिरीले देश परिर्वतनका लागि सक्षम युवा नेतृत्व देशले खोजीरहेको बताएका छन । शनिवार कुश्मा नगरपालिका वडा न ३ दुर्लुङमा आयोजीत भलिवल प्रतियोगीता तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष गिरीले देशलाई अग्रगतिमा परिर्वतनका लागि राष्ट्रले सक्षम युवा नेतृत्वको खोजी गरीरहेको बताएका हुन ।

दुर्लुङ युवा परिवारद्धारा आयोजीत उक्त कार्यक्रममा बोल्दै अध्यक्ष गिरीले युवा शक्ति भित्रको क्षमतालाई सहि सदुपयोग भएमा राष्ट्रमा छिट्टै आर्थिक क्रान्ति हुने दावी गरे । राजनैतिक अस्थिरता ल्याएर सधै राष्ट्रको प्रगति पथलाई बन्दक बनाउन कांग्रेस र माओवादी लागि रहेकाले सक्षम युवा नेतृत्वको अगुवाई अव एमालेले गर्ने ठोकुवा गरे । उनले एमाले जनताका वीच ठूलो पार्टी बन्ने देखेपछि सत्तापक्षले तीन चरणको चुनाव गरेर राज्य सत्ताको चरम दुरुपयोग गरिरहेको समेत बताए । थोरै जनसख्या भएको नेपालमा ३ चरणको चुनावको कुनै अर्थ नरहेको भन्दै उनले पहिलो चरणको एमाले प्राप्त गरेको सफलता देखेर कांग्रेस माओवादीले तेस्रो चरणसम्म सत्ताको दुरुपयोग गरेरै भएपनि एमालेलाई कमजोर बनाउन खोजेको आरोप लगाए ।

आगामी संघ र प्रदेशको निर्वाचनमा एमालेले बहुमत सहितको प्रदेश र केन्द्रिय सरकार बनाउने र एमालेकै अगुवाई राष्ट्र परिर्वतन हुने बताउदै अध्यक्ष गिरीले पर्वतको विकासमा ठेकेदारी प्रथा हावी हुँदा पर्वतबासीले दुःख पाइरहेको तर्क गरे । अध्यक्ष गिरीले कुश्मा नगरपालिका भित्र जन प्रतिनिधि वीच देखिएको विवादलाई लक्षित गर्दै नगरप्रमुखको अकर्मयता र विकास खर्च भन्दा चालु खर्चमा नगरप्रमुखको ध्यान गएकाले नगरले गति लिन नसकेको दावी गरे ।

कार्यक्रममा वडा अध्यक्ष तेजप्रसाद पाध्या, एमालेका खडकबहादुर गुरुङ, नेपाली कांग्रेसका बालकृष्ण पौडेल, राप्रपाका प्रभु गुरुङ लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।