Print

बाघको आक्रमणबाट कुश्मामा एक जना गम्भिर घाइते

२४ भदौ, पर्वत । बाघको आक्रमणबाट शनिबार कुश्मा नगरपालिकामा एक जना गम्भिर घाइते भएका छन् । घाँस काट्न गएका कुश्मा नगरपालिका वडा नम्बर २ खुर्कोटका ५३ बर्षिय महेश्वर शर्मा बाघको आक्रमणबाट घाइते भएका हुन ।

दिउसो घास काट्न गएका उनलाई घास काट्दा काटदै एक्कासी माथिबाट हाम फल्दै आएको बाघले आक्रमण गरेको स्थानीय बरदान पौडेलले बताए । आक्रमणबाट उनको अनुहारमा चोट लागेको छ । गाउँमा दिउसै बाघ देखिएपछि स्थानीयले लखेटेका थिए । गाउँलेले लखेटेपछि भाग्दै गरेको बाघले घाँस काट्दै गरेका शर्मालाई आक्रमण गरेको हो । खुर्कोटमा गतबर्ष बाघको आक्रमणबाट एक जना महिलाको ज्यान गएको थियो ।