Print

पर्वतको मुटुमै रहेको कुश्माको वडा न ६ मा वडा भेला, जिल्लालाई सन्देश दिने यस्तो भयो निर्णय

२४ भदौ, पर्वत । जिल्लाको केन्द्र भाग हो सदरमुकाम कुश्मा बजार । कुश्माको मुुटुमै रहेको वडा हो ६ नम्बर । जिल्लाको ब्यापारी केन्द्र भागको सवैभन्दा धेरै घरधुरी संख्या रहेको वडा न ६ को शनिवार वडा भेला सम्पन्न भएको छ ।

वडा अध्यक्ष रुद्र गिरीको अध्यक्षतामा भएको वडा भेलाले वडाको मात्र नभई जिल्लाकै विकास गर्ने विशेष योजनाहरु निर्णय गरेको छ । कुश्माको नगर सभा आउन केहि दिन बाँकी रहँदा आयोजीत वडा भेलाले कुश्मा नगरपालिकालाई प्रदेशकै उत्कृष्ट नगरक्षेत्र बनाउने गरी पर्यटन, शिक्षा र आर्थिक विकास सम्बन्धि विशेष योजनाहरु वडाबाट अनुमोदन गरेको वडा अध्यक्ष गिरीले जानकारी दिए ।

औषतमा जिल्लाको विकासको गतिमा निकै अगाडि रहेको वडा न ६ कुश्माको शिवालय चोक, धनेश्वर चोक, साँझा चोक, वगैचा चोक हुँदै बान्द्रेवीडि चौर र निर्माणधिन वसपार्क क्षेत्र भित्र पर्दछ ।

एक सामुदायिक विद्यालय, एक स्नातक तहसम्म अध्ययन हुने क्याम्पस र एक नीजि विद्यालय समेत पर्ने उक्त वडामा शैक्षिक क्षेत्रको विस्तार र भित्री बाटाहरु कालोपत्रेका योजनाहरु बढि जसो परेका छन । यस बाहेक वडाले जिल्लाकै प्रतिनिधित्व गर्ने गरी पर्यटन संग्राहलय निर्माण, पर्यटकीय सुचना केन्द्रको स्थापना देखि कृषिजन्य वस्तुको विक्री वितरण स्थलको ब्यवस्थापन जस्ता योजनाहरु वडाबाट नगरपालिकामा पेश भएका छन ।

वस्ती स्तरबाट योजना छनौट हुँदै कुश्मा नगरपालिकाको ऐतिहासिक नगर सभा केहि दिनमै आयोजना हुने गरी नगरपालिका जुटेको नगरप्रमु्ख रामचन्द्र जोशीले बताए । उनले नगरका १४ वटै वडाहरुमा वडा भेला मार्फत योजनाहरु संकलन गरी नगर सभा गर्ने गरी नगरपालिका अगाडि बढेको पर्वत न्यूज डटकमलाई जानकारी दिए ।