Print

ट्याक्सी ब्यवसायी समितिको अध्यक्षमा पुनः गिरी चयन

२४ भदौ, पर्वत । धौलागिरी ट्याक्सी तथा जीप यातायात ब्यवसायी प्रा.लिको अध्यक्षमा पुनः विष्णु गिरी चयन भएका छन । प्रालिको शनिवार भएको प्रथम साधारण सभा तथा अधिवेशनबाट गिरी अध्यक्षमा चयन भएका हुन ।

यसैगरी प्रालिको उपाध्यक्षमा टिका गिरी, सचिवमा दयाराम चापागाई, सहसचिवमा रसुल अलि मिया र कोषाध्यक्षमा सुवास रेग्मी नर बहदुर छेत्री , सहकोषाध्यक्षमा सुबाश रेग्मी चयन भएका छन । अधिवेशनले सदस्यमा सुनिल थापा, सागर गिरी, प्रेमबहादुर थापा, सन्त गुरुङ र दिनेश पुनलाई चयन गरेको छ ।

यस अघि भएको उद्घाटन शत्रमा कुश्मा नगरपालिका वडा न ६ का वडाअध्यक्ष रुद्र गिरीले ट्याक्सीको उचित पार्किकको ब्यवस्थापन नहुँदा ब्यवसायीलाई समस्या परेको बताउँदै नगरपालिकाले त्यसको उचित ब्यवस्थापन गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । गिरीले ब्यवसायीको समस्या समाधान गर्न वडाकार्यालय सधै तयार रहेको भन्दै यात्रु मैत्री ब्यवहार गर्न ब्यवसायीहरुलाई अनुरोध गरेका थिए । कार्यक्रममा जिल्ला ट्राफीक कार्यालयका प्रमुख महेन्द्र रानाभाट, पत्रकार महासंघ पर्वतका सचिव गणेश गिरी, ब्यवसायी रसुल अलिमिया लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा अध्यक्ष विष्णु गिरी र सचिव दयाराम चापागाईले प्रगति प्रतिवेदन गरेका थिए भने कोषाध्यक्ष नरबहादुर क्षेत्री नरेशले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । तिन वटै प्रतिवेदन प्रालिको बन्द शत्रले अनुमोदन गरेको छ । ट्याक्सी ब्यवसायीका पदाधिकारीहरुले आगामी दिनमा ब्यवसायलाई थप मर्यादीत बनाउँदै यात्रु मैत्री ब्यवहार देखाउने गरी अधिवेशनबाट कार्य योजना निर्माण गरेको अध्यक्ष गिरीले जानकारी दिए ।