Print

पर्वत बारको अध्यक्षमा शर्मा

१७ भदौ, पर्वत । जिल्ला अदालत बार एकाईको अध्यक्षमा भोलानाथ शर्मा निर्विरोध निर्वाचित भएका छन् । बार एकाई कुश्मा पर्वतको शुक्रबार र शनिबार गरी दुई दिन सम्म सञ्चालित १६ औं जिल्ला अधिवेशनबाट शर्मा अध्यक्षमा निर्वाचित भएका हुन् । यस अघि दुई पटक सम्म अध्यक्षको जिम्मेवारी सफलतापुर्वक सम्पन्न गरेका शर्मा तेश्रो पटक पर्वत जिल्ला अदालत बार एकाईको अध्यक्षमा चयन भएका हुन् ।

४४ जना भन्दा बढी कानुनी व्यवसायीहरुको छाता संगठन बार एकाईको अधिवेशनबाट उपाध्यक्षमा राजेन्द्र भूसाल, सचिवमा पुण्यप्रसाद सुवेदी र कोषाध्यक्षमा तेजराज चापागाई चयन भएका छन् । त्यस्तै सदस्यहरुमा क्रमश यज्ञबहादुर थापा, भिमराज सापकोटा, तुलसीप्रसाद सुवेदी, देवीप्रसाद शर्मा, जगदिश शर्मा पौडेल, दिलिप शर्मा पौडेल र लिलाधर सुवेदी रहेका छन् ।

सोही अधिवेशनले हरिनारायण रेग्मी, चन्द्रबहादुर क्षेत्री, डम्मरु शर्मा, उदय सुवेदी र विश्वराज पाण्डेयलाई केन्द्रिय पार्षदका रुपमा चयन गरेको छ । दुई दिन सम्म सञ्चालित ३० औँ साधारण सभा तथा १६ आँै जिल्ला अधिवेशनले निकट भविष्यमा हुन गइरहेको केन्द्रिय र प्रादेशिक निर्वाचन निष्पक्ष, भयरहित तबरबाट सम्पन्न गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने, जिल्लाको विकास निर्माणमा देखिएका कानुनी जटिलता प्रति आवश्यक राय सहित सम्बन्धित निकायमा समन्वयकारी भूमिका निर्वाह गर्ने लगायतका प्रस्ताव उपर छलफल गरी पारित गरेको छ ।