Print

कुश्मा स्थित कालीगण्डकी नदीमा वेवारिसे महिलाको शव भेटियो, पहिचान हुन बाँकी

पर्वत १७ भदौ । जिल्लाको कुश्मा नगरपालिका वडा न १ मालढुंगामा एक वेवारिसे महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार अन्दाजी ४० बर्षकी एक महिलाको शव शनिवार दिउँसो फेला परेको हो ।

हेर्दा मंगोलियन जस्तो देखिन, दाहिन खुट्टाको पन्जामा कालो कोठी भएकी ति महिलाको पहिचान भने हुन नसकेको प्रहरीले जनाएको छ । शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शवको मुचुल्का तयार गरी जिल्ला अस्पतालमा पोस्टमार्टमका लागि राखेको जनाएको छ ।