Print

जीप दुर्घटना, विवाहका लागि केटी हेर्न गएका एक युवकको मृत्यु

 १७ भदौ, पर्वत । जीप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । काठमाडौंबाट खिजीदेम्वाका लागि छुटेको गरेको ना १ ज ५६७८ नम्बरको जीप ओखलढुंगाको खिजीदेम्वा गाउँपालिका–३ मा  खिजीचण्डेश्वरीमा दुर्घटनामा परेको हो ।

११ जना यात्रु सवार रहेको जीप ब्रेक फेल भइ शनिबार सडकबाट तल खसेको स्थानीय बासिन्दाले बताएका छन् । दुर्घटनामा परेकामध्ये सोलुखुम्बुको बाकुका २९ वर्षका ल्हाक्पा देण्डी शेर्पाको ज्यान गएको प्रहरीले जनाएको छ । घाइतेको नाम खुलिसकेको छैन । जीपमा च्यापिएका शेर्पाको उद्धारमा ढिलाइ हुँदा ज्यान गएको स्थानीय बासिन्दाले बताएका छन् ।

अन्य चार जना गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं लगिएको प्रहरी नायव उपरीक्षक अर्जुन तिमिल्सिनाले बताउनुभयो । शेर्पा विवाहका लागि केटी हेर्न गएको आफन्तले बताएका छन् । केटीको घरसम्म नपुग्दै जीप दुर्घटनामा परेर शेर्पाको ज्यान गएको हो ।