Print

मधेसलाई दुख्दा जाग्यो पर्वत, प्रवासीहरुको सहयोगमा सप्तरीमा राहत वितरण

११ भदौ, पर्वत । बर्षातका कारण तराई क्षेत्रमा भएको डुवान र बाढिका कारण पिडामा रहेका जनतालाई पर्वतबासीले सहयोग गरेका छन । रोजगारीका लागि प्रवासमा रहेका प्रवासीहरु र स्वदेशमा रहेकाहरुका प्रयासमा संकलीत रकमबाट सप्तरी जिल्लाको महादेव गाउँपालिका १ मा १ सय १६ वोरा चामल वितरण गरिएको छ ।

मातृभूमिका लागि पर्वत सेवा समाजको आर्थिक सहयोगमा उक्त राहत वितरण गरिएको समाजका अध्यक्ष अर्जुन पौडेलले जानकारी दिए । प्रवासमा रहेका नेपालीहरुको सक्रियतामा नेपालमा उक्त संस्था गठन भएको हो ।