Print

कुश्माका एक युवती १ हप्ता देखि वेपत्ता

८ साउन, पर्वत । कुश्मा नगरपालिका वडा न ६ की एक युवती १ हप्ता देखि वेपत्ता भएकी छिन । घरायसी समस्या देखाउँदै ३६ बर्षिया लक्ष्मी गिरी वेपत्ता भएकी हुन ।

उनी गत भदौ २ गते देखि परिवारको सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । घरायसी समस्या देखाउँदै वेपत्ता भएकी उनले हिसावकिताव मिलेपछि आफू घर फर्कने नोट लेखेर वेपत्ता भएको परिवार श्रोतले जनाएको छ । आर्थिक कारोबार मिलेकाले छिट्टै घर फर्कन परिवार सदस्यहरुले सामाजिक सञ्जाल मार्फत आब्हान गरिरहेका छन ।

परिवार र प्रहरीले गिरीको खोजी गरिरहेपनि हालसम्म पनि उनको पत्ता लाग्न नसकेको बताईन्छ । लेनदेनको आर्थिक समस्या कारण उनी वेपत्ता भएको हुनसक्ने भन्दै प्रहरीले सवै समस्याहरु समाधान भएकाले गिरी छिट्ट घर फर्कने अनुमान गरेको छ ।

गिरीको पत्ता लगाउनेलाई परिवारले उचित पुरस्कार सहित सम्मान गर्ने गरी खोजी कार्य अगाडि बढाईरहेको छ ।