Print

सामाजिक सेवामा विशिष्ट योगदान पुराएको भन्दै डिएसपि पुरीलाई सम्मान

८ भदौ, काठमाण्डौं । प्रहरी प्रमुखको भूमिकामा रहँदा पनि सामाजिक सेवामा विशिष्ट योगदान पुराएको भन्दै प्रहरी नायव उपरिक्षक गोविन्द पुरीलाई एक कार्यक्रमका वीच सम्मान गरिएको छ ।

महानगरीय प्रहरी बृत्त महाराजगंजका प्रमुख डिएिपि पुरीले चक्रपथ सरसफाई देखि शान्ति सुरक्षा ब्यवस्थापनमा कुशलता पूर्वक भूमिका निर्वाह गरेको भन्दै काठमाण्डौंको ग्रीनसिटि हस्पिटलमा सम्मान गरिएको हो । हालै सरुवा भएर महाराजगंज प्रहरी बृत्त देखि पोखरा क्षेत्रीय प्रहरी कार्यालयमा जान लागेका पुरीले कार्यकाल भरी सहयोगी भावना र इमानदारीताका साथ कार्यकुशलता निर्वाह गरेको स्थानीयबासीको भनाई छ ।

पर्वतको मोदीगाउँपालिका घर भएका डिएसपि पुरीले महानगरीय प्रहरी बृत्तमा जिम्मेवारी सम्हालेपछि चोरी, गुण्डागर्दी, लुटपाटका घटनामा कमी आएका थिए ।

सहयोगी र नम्र बोलीका साथ प्रहरी सेवामा लागेका पुरीले आफ्नो कार्यकालमा चक्रपथ सरसफाईको संयोजक भई कार्यकुशलता निर्वाह गरेको ग्रिन सिटि अस्पतालका लोकबहादुर तन्डनले बताए । पुरीको संयोजनकारी भूमिकाका कारण सरसफाई देखि शान्ति सुरक्षामा उल्लेख्य सुधार आएको भन्दै अस्पताल र स्थानीबासीले उनलाई सम्मान गरेका हुन ।