Print

प्रधानमन्त्री राहत कोषमा एमाले अध्यक्ष ओलीले हस्तान्तरण गरे १ करोड रुपैयाँ

७ भदौ, पर्वत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तराई मधेसका बाढी पीडितहरुका लागि पार्टीको तर्फबाट प्रधानमन्त्री राहत कोषमा ९९ लाख ७८ हजार ३ सय ९० रुपैयाँको हस्तान्तरण गरेका छन ।

प्रधानमन्त्री कार्यालय सिंहदरवारमा मंगलवार प्रधानमन्त्री देउवालाई अध्यक्ष ओली सहित उपाध्यक्ष वामदेव गौतम संसदिय दलका उप नेता सुवास नेम्बाङ्ग सहितको टोलीले चेक हस्तान्तरण गरेको हो ।

एमालेका सांसदहरुले एक महिनाको तलव सहित विभिन्न क्षेत्रबाट पार्टी कोषमा संकलन भएको ९९ लाख ७८ हजार ३ सय ९० रुपैयाँको चेक प्रधानमन्त्री देउवालाई हस्तान्तरण गरेका हुन ।