Print

पत्रकार गिरी सम्मानीत

४ साउन, पर्वत । पत्रकार वैकुण्ठ गिरी सम्मानीत भएका छन । अनलाइन सञ्चार माध्यमको क्षेत्रमा क्रियाशिल गिरीलाई राष्टिय लोक तथा दोहारी गीत प्रतिष्ठानले सम्मान गरेको हो ।

राष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वत शाखाको १३ औं साधारण सभाको अबसरमा पर्वतको पत्रकारीता क्षेत्रबाट नेपाली लोक संस्कृति तथा लोक दोहोरी क्षेत्रमा समाचारहरुलाई प्राथमिकताको साथ प्रकाशनमा गिरीको भूमिका महत्वपूर्ण रहेको भन्दै सम्मान गरिएको हो । गिरी सुचना केन्द्र डटकम नामक अनलाइनका प्रधान सम्पादक हुन ।

कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका सभापती मनोहर बि. पौडेल, राष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका प्रथम उपाध्यक्ष पशुपती शर्मा, राष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठान प्रदेश नम्बर ४ का संयोजक तारापती सुवेदी, राष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठान धौलागिरीका बरिष्ठ उपाध्यक्ष कृष्ण अखेली लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा प्रतिष्ठानले हालसम्म गरेका कामहरुको समक्षिा, आगामी कामहरु बारेको कार्य योजना निर्माण र संस्थाको आम्दानी खर्च सार्वजनिक गरेको थियो ।