Print

एमाले पर्वतका जिल्ला अध्यक्ष गिरीलाई पितृ शोक

२४ साउन, पर्वत । नेकपा एमाले जिल्ला अध्यक्ष पदम गिरीलाई पितृ शोक परेको छ । अध्यक्ष गिरीका ७० बर्षिया पिता बेल गिरीको मंगलबार दिउँसो निधन भएको हो ।

लामो समय देखि क्यान्सर रोगबाट पिडित गिरीको मंगलबार दिउँसो करिब १ बजे आफ्नै घरमा निधन भएको युवासंघ पर्वतका अध्यक्ष विमल लामिछानेले जानकारी दिए ।

२ छोराका पिता गिरीको अत्येष्टि मंगलबार नै गरिने परिवार श्रोतले बताएको छ । गिरीको अत्येष्टि कुश्मा स्थित मोदीवेणी घाटमा गरिनेछ ।