Print

‘पर्वतका सवै स्थानीय तहमा समान विकास हुन्छ’

२४ साउन, पर्वत । जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर विश्कर्मा पौडलले जिल्लाका सवै तहमा समान विकास हुने दावी गरेका छन । प्रमुख पदमा निर्वाचित पौडेलले एक सम्मान कार्यक्रममा बोल्दै सवै ठाउँमा समान विकास गर्ने गरी आफूले समन्वयकारी भूमिका खेल्ने भन्दै विकासमा कुनै स्थानीय तह पनि पछाडी नपर्ने दावी गरेका हुन ।

सुनचाँदी ब्यवसायी संघले मंगलबार आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै पौडेलले विकास योजनामा सिमान्तकृत समुदायको प्रतिनिधित्व गराउन समेत आफूले विशेष भूमिका निर्वाह गर्ने समेत प्रतिबद्धता ब्यक्त गरे ।

आफूले नेपालमा शदिऔं देखि जातीय दमनमा परेको दलित समुदायको समेत प्रतिनिधित्व गर्ने स्मरण गराउँदै उक्त जातीयको उत्थानका लागि समेत स्थानीय तहमा समन्वय गर्ने बताए । नेकपा एमालेको तर्फबाट प्रमुख पदमा निर्वाचित पौडेलले नेपालमा सवै खालका उत्पीडनको अन्त्य हुन जरुरी रहेको भन्दै त्यसको लागि स्थानीय तहहरुले विशेष नीति ल्याउनुपर्ने धारणा समेत राखे ।