Print

नेपालकै अग्लो पुलमा देहत्याग गर्नेको संख्या ६ पुग्यो

२२ साउन, पर्वत । पर्यटकीय सम्भावना वोकेको नेपालका अग्ला झोलुंगे पुलको सुचिमा आउने कुश्मा ज्ञादी झोलुंगे पुलमा देह त्याग गर्नेको संख्या ६ पुगेको छ । सदरमुकाम कुश्मा बजारलाई ज्ञादी क्षेत्रमा जोड्ने गरी झण्डै ६ बर्ष अगाडि निर्माण गरिएको यो पुल अग्ला पुलहरु मध्ये पहिलो अग्लो पुल हो । मोदीखोलाको खोँचमा निर्माण गरिएको यस पुलमा दैनिक सयौ आन्तरीक पर्यटकहरु आउने गरेका छन ।

झोलुंग पुलमै कुश्मा बजारमा क्रमिकको रुपमा काम गर्ने एक जनाले प्राण त्यागको ३ बर्ष अगाडि गरेका हु्न । कुश्मामै डेरा गरी बस्दै आएका अर्का एक जना परिवारमा झगडा भएपछि रक्सिको मातमा पुलबाट हाम फालि आत्महत्या गरेको झण्डै १ बर्ष पुग्न नपाउँदै ज्ञादी घर भएका अर्का युवा पनि पारिवारिक झगडाका कारण पुलबाटै देह त्याग गरे । उता वलेवा घर भएका एक प्रौढ युवाले समेत सोहि स्थानलाई देह त्यागको स्थान रोजे । त्यसको २ बर्ष पछि घुम्नका लागि आएका एक युवा र एक युवती पनि पुललाई देहत्यागको उत्तम स्थल रोजे । यी ६ जनाको ज्यान झोलुंगे पुलको उचाईले लिएको हो ।

अग्लो पुलको रुपमा परिचित यस स्थानलाई पर्वतबासीले पर्यटकीय क्षेत्रको रुपमा चर्चा गरीरहेको बेला अग्लो स्थानमा पुल बनेका कारण त्यसको जोखिमपनि उत्तिकै देखिएको छ । हाल जिल्लामा ३ वटा पुल निर्माण भईसकेका छन । कुश्मा ज्ञादी पुल बनेको झण्डै ३ बर्षमा वडागाउँ कैया पुल बन्यो भने त्यसको १ बर्ष पछि कुश्मा मुडिकुवा पुल पनि निर्माण सम्पन्न भएको छ । यससंगै कुश्मा देख अधिकार फाँट ज्ञादी अर्को झोलुंग पुलको निर्माण कार्य अगाडि बढेको छ । उता, पाङ देखि वागलुङ जोड्ने र नाङलीवाङ देखि बागलुङ जोड्ने झोलुंग पुलको निर्माण कार्यका लागि प्रक्रिया अगाडि बढेको छ । यी र यस्ता पुलहरुका कारण भने जिल्लाको इज्जत झोलुंगे पुलको क्षेत्रमा निकै चर्चित बनिरहेको छ ।