२१ साउन, पर्वत । जिल्लाको दक्षिणीबर्ती क्षेत्रमा जन्मेका नेकपा एमालेका नेता देवी ज्ञवालीलाई राज्यसत्ताको चरम दुरुपयोग गरी स्थानीय तहको निर्वाचनमा अन्ततः हारको पदवी भिराइएको छ । नेकपा एमाले एक्लै चुनावी मैदानमा होमिएको बेला शसस्त्र द्धन्द्धमा १७ हजार बढिको बलिदान लिएर शान्ति प्रक्रियामा आएको माओवादी र नेपाली कांग्रेसको संयुक्त गठबन्धनले राज्य सत्ताको चरम दुरुपयोग गरी अन्ततः हारको पदवी भिराएको हो ।
ज्ञवालीले भरतपुर महानगरपालिकाको चुनावी दौडमा १८ वटा वडाको मतगणना सकिएसंगै सत्ता गठनबन्धनका रेणु दाहाललाई झण्डै ८ सय मत अन्तरले पछाडी पारेका थिए । जव १९ नम्बर वडाको मतगणना जारी रह्यो तव, निर्वाचनमा पराजय हुने निश्चित बनेपछि माओवादीका उग्रकार्यकर्ताले मतपत्र च्याते । राज्य सत्ताको निर्णय बमोजीम च्यातिएको उक्त मतपत्रका कारण मतगणना रोक्दै पुनः मतदान गरिएको हो । पुनः मतदात गर्दा नेपाली कांग्रेसको समर्थन रहेकी दाहाललाई महानगरपालिकाको प्रमुख पदमा विजयी गराउनका लागि राज्यका सवै श्रोत र साधन एकजुट हुनुका साथै कांग्रेस कार्यकर्ताको गठनबन्धन पक्षीय हर्कतका कारण चुनाव ज्ञवालीले अन्ततः हार्नु परेको हो ।
देवी दृढ छन् –‘मैले जनताबाट जुन माया, सदभाव र समर्थन पाएको छु, सँधै उहाँहरुकै बीचमा रहेर उहाँहरुको पीरमर्का र आवाजलाई उठाइरहनुभएको छ ।’
उनले भने राज्य सत्ताको चरम दुरुपयोग भयो । हामीले जितिसकेको ठाउँमा मतपत्र च्यात्ने काम भयो । त्यो षडयन्त्र तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालको योजनामा बालुवाटारबाटै बनाइयो । हामी ५१ मत अन्तरले मात्रै पछाडि रहेको १९ नम्बर वडामा यसपटक चुनाव गर्दा जे परिणाम आयो, त्यतिबेला मतपत्र च्यात्नुको उद्देश्य पूरा भएको प्रष्टै देखाएको छ ।
यसैगरीे षडयन्त्र कार्यान्वयन गर्नका लागि जनताको बीचमा राज्यको स्रोत साधनको व्यापक दुरुपयोग गरियो । त्यसको कुनै पनि लेखाजोखा नभएको उनको टिप्पणी छ । ज्ञवालीको हारसंगै पर्वबासी पनि निराश बनेका छन । जिल्लाको रानीपानीमा जन्मेका उनी बसाईसराई गरी भरतपुरगए संगै राजनीतिमा सक्रिय थिए । उनी महानगरपालिकाको प्रमुख पदमा उठेसंगै पर्वतबासी उनको जितमा उत्साहित थिए ।




