Print

कुश्मा नगरपालिका र फलेवास नगरपालिकालाई यसरी जोडयोे मोटरेवल पुलले

९ साउन, पर्वत । कुश्मा र फलेवास दुई नगरपालिका जोड्ने मोटरेवल पुल सम्पन्न भएको छ । फलेवासको शंकरपोखरी र कुश्माको कटुवाचौपारी जोड्ने मल्याङदी खोला माथि मोटरेवल पुल सम्पन्न भएको हो ।

यो पुल निर्माणसंगै कुश्मा र फलेवासको दुरी छोडिएको छ । बर्षायाममा खोलो तर्न नसक्दा नियमित सवारी चल्न समस्या हुँदै आएको थियो । पुल निर्माणसंगै शंकरपोखरी, भंगरा, थापाठाना र कार्किनेटासम्मको यात्रा कुश्मा देखि सहज हुने भएको छ ।