८ साउन, पर्वत । पर्वतबाट विगत २ बर्ष अघि देखि प्रकाशित भईरहेको अर्थ वीट साप्ताहिक तेस्रो बर्षमा प्रवेश गरेको छ । आर्थिक विश्लेषण सहितका समाचारमूलक सामाग्रीहरु प्रकाशन गर्दै आइरहेको अर्थ वीट साप्ताहिकले दोस्रो बर्ष पार गर्दै तेस्रो बर्षमा प्रवेश गरेको हो ।
६ पृष्टमा विचार, समाचार र विश्लेषण सहितका सामाग्रीहरु उक्त पत्रिकाले प्रकाशन गर्दै आइरहेको छ । योसंगै जिल्लामा आधा दर्जन बढि साप्ताहिक र २ वटा दैनिक पत्रिकाहरु नियमित रुपमा प्रकाशन हुँदै आइरहेका छन ।




