३ साउन, पर्वत । पर्वतको फलेवास नगरपालिका वडा नं. ८ ठानामौलाका जनप्रतिनिधीहरुले गाबिसका जेष्ठ नागरिक लाई घरघरमा पुगेर सम्मान गरेका छन् । बैशाख ३१ गते भएको पहिलो चरणको स्थानिए तहको निर्वाचनबाट एमालेबाट विजयी वडाअध्यक्ष सहितका निर्वाचित सदस्यहरुले वडाका ७० जना भन्दा बढी जेष्ठ नागरिकहरुलाई घरमै पुगेर दोसल्ला ओढाएर, फलफुल,जुस र मिष्ठान्न भोजन खुवाएर सम्मान गरेका हुन ।
वडाको तथ्याङ्कका आधारमा ७० वर्ष माथिका जेष्ठनागरीकहरु लाई घरैमै पुगेर सुस्वास्थ्य तथा दिर्घायूको कामना गर्दै सम्मान गरिएको वडा अध्यक्ष मन बा.कुवँरले बताउनुभयो । समाजममा भएका दीनहीन असहाय अशक्त अनाथ र बुढ्यौलीले सताएका व्यक्तिलाई स्याहारसुसार गर्ने हरेक नागरिको दायीत्व भएता पनि पछील्लो समय जेष्ठनागरिक आफ्नै घर परिवारको सदस्य बाट अपहेलित भएको बेला नव निर्वाचित जनप्रतिनिधीहरु बाट सम्मान गर्दा सम्मानित जिवन जिउन प्रेरणा मिल्ने भएकोले यस्तो अभियान चलाएको उहाँले बताउनुभयो ।
तपाई हाम्रो समाजको गहना हो बृद्धबृद्धाहरु लाई सम्मान गर्दै वडा अध्यक्ष कुवँरले भन्नुभयो तपाईको सुस्वास्थ्य एवं दिर्घायूको कमना गर्दर्छौ’ धेरै बाच्नुहोला तपाईको आशिर्वाद सदैब हामीले थाप्न पाईयोस उहाँले भन्नुभयो’’।
जनप्रतिनिधीहरुले जेष्ठनागरिक हरुलाई कहिल्येहीँ नरुहाउन समाजबासी लाई आग्रह गर्दै हासीँ हासीँ जिवन जिउने व्यवस्था गर्नुपर्नेमा जोड दिएका थीए । जेष्ठनागरिक लाई सम्मान गर्न घरमै पुगेका जनप्रतिनिधीहरु लाई सम्मानित टिकाराम रिजालले निर्वाचित जनप्रतिनधीहरुको तर्फबाट पाएको सम्मान प्रति खुसी व्यक्त गर्दै उक्त कार्य आफूहरुका लागि अबीस्मरणिय हुने बताउनु्भयो । – माधब पराजुली





