Print

तिलाहारमा निःशुल्क महिला स्वास्थ्य शिविर

२० असार, पर्वत । जिल्लाको मोदीगाउँपालिका वडा न ६ तिलाहारमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । तिलाहार वडा अन्तर्गतको महिला सञ्जालको आयोजना र बागलुङ मेडिकल हलको सहयोगमा सम्पन्न भएको उक्त शिविरमा १ सय ४८ जना महिलाले नि ःशुल्क स्वास्थ्य सेवा लिएका थिए । उक्त शिविरमा महिला सम्बन्धि विभिन्न रोगहरुको निशुल्क जाँच गरिनुका साथै महिला विरामीहरुका लागि निःशुल्क औषधि समेत विरतण गरिएको थियो । उक्त शिविरमा भिडियो एक्सरेको सुविधा समेत महिलाहरुले लिएका थिए ।

महिला स्वास्थ्य शिविरमा पश्चिमाञ्चल क्षेत्रीय अस्तपालका प्रसुति रोग विशेषज्ञ डा. तारा गुरुङले महिलाहरुको निशुल्क परिक्षण गरेकी थिइन । सोहि अवसरमा डा. श्याम पराजुलीद्धारा भिडियो एक्सरेको सेवा प्रदान गरिएको थियो । स्वास्थ्य शिविरको शुभारम्भ गर्दै मोदी गाउँपालिका उपाध्यक्ष सेती महतले महिलाहरु स्वास्थ्य सेवाको पहुँचमा अझै पनि पुग्न नसकेको भन्दै अव गाउँ गाउँमा विशेषज्ञ सेवा मार्फत महिलाहरुलाई सेवा दिने गरी राज्य अगाडि बढने बताईन ।

उनले महिलाहरु अधिकांश गर्भवती समयमा संक्रमीत हुने र उचित खानपान तथा स्याहारको अभावमा थुप्रै कष्ठहरु ब्यहोर्न परेको बताईन । तिलाहारका वडा अध्यक्ष बिमल लामिछानेले पछाडी परेको वर्गको रुपमा महिला समुदाय रहेको र आर्थिक समस्याका कारण विशेषज्ञ सेवा समेत लिन समस्या परीरहेको बेला निशुल्क स्वास्थ्य शिविरले राहत दिएको बताए  ।  कार्यक्रममा बागलुङ मेडिकल हलका सञ्चालक राजेश पौडेलले महिलाहरुको स्वास्थ्य अवस्था सुधारका लागि नियमित जाँच र गर्भावस्थामा विशेष ख्याल गर्न आग्रह गरको थिए ।  कार्यक्रमको सञ्चालन तिलाहार स्वास्थ्य चौकीका इन्चार्ज मोहन थापाले गरेका थिए ।