१८ असार, पर्वत । लगातारको वर्षाका कारण स्याङजाको वालिङदेखि पर्वतका बिभिन्न गाउँपालिका जोड्ने सडक खण्ड अबरुद्ध बनेको छ । वालिङदेखि हुवास हुदै रानिपानी जोड्ने सडकखण्ड अन्तर्गत वालिङ नगरपालिका कालिकाकोटको हुल्काङमा गएको पहिरोले सडक पुर्ण रुपमा अबरुद्ध बनेको हो । पहिरोले सडक अवरुद्ध बनाएपछि साना ठूला कुनै पनि सवारी साधन सञ्चालनमा आउन नसकेको इलाका प्रहरी कार्यालय हुवासले जनाएको छ ।
प्रहरीका अनुसार सवारी साधन सञ्चालनमा नआउँदा कैयौं यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् । अबिरल बर्षाका सडकामा खसेको पहिरो हटाउन निकै समस्या भएको प्रहरीले जनाएको छ ।
सडक अबरुद्ध हुँदा लुंखु,बालाकोट,भोर्ले हुदै पोखर तथा पर्वत सुदुर दक्षिणको रानीपानी, वहाकी भञ्याङ, हुवासदेखि काठमाडौं, पोखरा, बुटवल, नारायणगढका लागि आउने–जाने सबै खालका सवारी साधन ठप्प भएको स्थानीएले बताएका छन् । पर्वतको सुदुर दक्षिण र पर्वतसँग जोडिएका स्याङ्जाका कतिपय स्थानहरुमा दैनिक उपभोग्य बस्तुहरु समेत वालिङ–हुवास सडक खण्डबाट ढुवानी हुने गर्दछ ।




