Print

दोविल्ला–फलेवास सडक अन्तर्गत दोस्रो चरणमा ८ किलोमिटर सडकको कालोपत्रे शुरु

११ असार, पर्वत ।   पर्वतको २ नगरपालिका जोड्ने दोबिल्ला—मुडीकुवा—फलेवास सडक खण्ड अन्तर्गत सिल्मी—घोयेनाउला सडक खण्डमा कालोपत्रेको कार्य सुरु गरिएको छ । कुश्मा नगरपालिका देखि फलेवास नगरपालिका तथा दक्षीण पर्वतका बिभिन्न गाँउपालिका जोड्ने सडकको रुपमा रहेको उक्त सडक खण्ड निर्माण भएको १३ बर्ष पछी कालोपत्रे हुन लागेको हो ।

दोबिल्ला—मुडीकुवा—फलेवास सडक खण्ड अन्तर्गत दोबिल्ला—सिल्मी सडक खण्डको १.६ कि.मि. सडक यस अघीनै कालोपत्रे गरिसकिएको छ भने बाकीँ सिल्मी—घोयेनाउलाको करिब ८ कि.मि. सडकको कालोपत्रे गर्ने काम अगाडी बढाइएको हो ।उक्त सडक खण्ड कालोपत्रे गर्ने काम आषिस नयाँ बाटो फेवा जे.भि.ले २२ करोड को लागतमा अगाढी बढाएको हो । उक्त सडकको कालोपत्रे १ महिना अघिनै सकि सक्ने लक्ष्य लिईएता पनि प्राबिधीक कारणले ढिलाई भएको ठेकेदार निर कु.राईले बताउनुभयो । उहाँले उक्त सडकको कालोपत्रे गर्ने काम अबको एक महिना भित्रमानै सकि सक्ने गरि तिब्ररुपमा काम अगाडी बढाएको बताउनुभयो ।

जिल्लामा झण्डै २ हजार सय किलोमिटर सडक सञ्जाल भएपनि हालसम्म कुश्मा नगरपालिका देखि दक्षीण भेग जोड्ने कुनै पनि सडक खण्डमा कालोपत्रे हुन सकेको छैन । सडक खण्ड कालोपत्रे नहुँदा यहाँका बासीन्दाले सदरमुकाम जान निकै झन्झट बेहोर्दै आएका छन् । दक्षीण पर्वतका बिभिन्न गाउँपालिका जोड्ने उक्त सडक व्यवस्थीत हुन नसक्दा बर्खायाममा हिल्लामे र हिउँदमा धुल्लामे हुदाँ यात्रुहरुले निकै सास्ती खेप्नु परेको थीयो । अब उक्त सडक कालोपत्रे हुने भएपछी यहाँका बासीन्दाहरु  निकै उत्साहित भएका छन् ।  – माधब पराजुली