२५ वैशाख, पर्वत । नेकपा एमालेको लाल किल्ला खौलामा नेपाली कांग्रेस रित्तो प्राय बनेको छ । विगत देखि नै एमालेको लालकिल्ला मानिदै आएको पर्वतकोक कुश्मा नगरपालिका १३ स्थित खौला सोमबार एमालेमय बन्यो । स्थानीय निकायको चुनाव प्रचार प्रसारका लागि नगरप्रमुख पदका उमेदवार मेघनाथ सुवेदी र उप प्रमुख पदका उमेदवार मुगा देबी शर्मा सहित चुनाव प्रचार प्रसार टोली पुग्दा खौलामा नेपाली कांग्रेस र माओवादी केन्द्रबाट झण्डै ६० जना भन्दा बढि कार्यकर्ता एमालेमा प्रवेश गरेका छन ।
पार्टी प्रवेश गर्नेहरुमा रामबहादुर पौडेल, गीत कुारी पौडेल, गीता पौडेल, कर्णबहादुर पौडेल, कुल बहादुर पौडेल, गंगा कार्की, भीमा कार्की, रामचन्द्र खत्री, जमुना कार्की, डिला क्षेत्री, कर्णबहादुर सार्की, जशोदा पौडेल क्षेत्र,ि रुपमा नेपाली, जुनकुरी नेपाली लगाएतका छन ।
चुनावी सभालाई नेकपा एमालेका केन्द्रिय अनुशासन आयोगका सदस्य गणेश पौडेलले सम्बोधन गरेका थिए । ज्ञादी क्षेत्रमा निकै लोकप्रिय नेताको रुपमा परिचित पौडेलले सभालाई सम्बोधन गर्दै एमाले जनताको सुख र दुखको साथी भएकाले विदेशी दलालीहरुको भर नपर्न आग्रह समेत गरे । उनले जनताले असल नेता छान्ने सुनौलो अवसरमा सहि सदुपयोग गर्न समेत आग्रह गरे । कार्यक्रममा प्रदेश कमिटि सदस्य मनोहर वि. पौडेल नगर प्रमुखका उमेदवार तथा संघिय मामिला विभाग सदस्य मेघनाथ सुवेदी, उप सचिव गोविन्द पहाडी लगाएतले सम्बोधन गरेका थिए ।
सोमबार मात्रै नेकपा एमालेले खौला गाविसका ३ वटा स्थानमा छुटा छ्ुट्टै चुनावी कोण सभाहरु सम्पन्न गरेको छ । कोण सभाको क्रममा एमालेमा प्रवेश गर्नेहरुलाई खादा र टिका लगाएर एमाले नेताहरु स्वागत गरेका थिए ।





