Print

पर्वतका सात वटै स्थानिय तहमा उमेदवारी दर्ता (उमेदवारको नामावली सहित)

१९ वैशाख, पर्वत । स्थानिय तह निर्वाचनका लागि पर्वत जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकामा मंगलबार उमेदवारी दर्ता भएको छ ।
पर्वतको कुस्मा र फलेबास नगरपालिका तथा जलजला, मोदी, बिहादी, पैंयु र महासिला गाउँपालिकामा उत्साहजनक रुपमा उमेदवारी दर्ता भएको छ ।
सात वटै स्थानिय तहमा नेपाली कांग्रेस र नेकपा(एमाले)का उमेदवारहरुले बाजागाजा र ¥याली सहित उमेदवारी दर्ता गराएका छन भने नेकपा माओबादी केन्द्र तथा अन्य दलले पनि जुलुस र छुट्टाछुट्टै रुपमा उमेदवारी दर्ता गराएका छन ।
पर्वतको कुस्मा नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदमा रामचन्द्र जोशी र उपमेयर पदमा सिता शर्मा काफ्लेले उमेदवारी दर्ता गराएका छन भने एमालेबाट कुस्मा नगरपालिकामा मेयर पदमा मेघनाथ सुबेदी र उपमेयर पदमा मुगा पोखरेलले उमेदवारी दर्ता गराएका छन । नेकपा माओबादी केन्द्रले मेयरमा शंकर गिरी र उपमेयरमा तारा रिजाललाई उपमेयर बनाएका छन । कुस्मामा नेपाली कांग्रेस, नेकपा(एमाले), नेकपा माओबादी केन्द्रले सबै वडामा आफ्ना प्यानलै सहित उमेदवारी दर्ता गराएका छन भने केही स्वतन्त्र उमेदवारले समेत मेयर र उपमेयरमा उमेदवारी दिएका छन । नेपाली कांग्रेसका युवा नेता मोहन आचार्यले पनि स्वतन्त्रमा उमेदवारी दिएका छन भने सुर्यप्रकाश पौडेलको पनि स्वतन्त्रमा उमेदवारी परेको छ ।
यसैगरी फलेबास नगरपालिकामा नेपाली कांग्रेसबाट गंगाधर तिवारीलाई मेयर र रेखा गुरुङ्गले उपमेयरमा उमेदवारी दर्ता गराएका छन । नेकपा(एमाले)बाट मेयरमा पदमपाणी शर्मा र उपमेयरमा मञ्जु अधिकारी उमेदवार बनेका छन भने फलेबास नगरपालिकामा माओबादी केन्द्रबाट मेयर र उपमेयरमा क्रमशः मोती शर्मा रेग्मी र शोभा क्षेत्री उमेदवार बनेका छन ।
यस्तै गरि जलजला गाउँपालिकामा नेपाली कांग्रेसबाट यामबहादुर मल्ल(रामकृष्ण )उमेदवारी दर्ता गराएका छन भने उपमेयरमा सिमा पुन गुर्बजा उमेदवारी दर्ता गराएकी छन । नेकपा(एमाले)को तर्फबाट लालबहादुर अधिकारी अध्यक्ष र उपाध्यक्षमा अनिता शर्माले उमेदवारी दिएका छन । नेकपा(माओबादी) केन्द्रले अध्यक्षमा बाबुराम कार्की र उपाध्यक्षमा सिता मल्लले उमेदवारी दिएका छन । कांग्रेसबाट अध्यक्षमा उमेदवारी पाएका र अन्तिम समयमा खोसिएका राजु आचार्यले स्वतन्त्रमा उमेदवारी दिएका छन भने एमालेका युवा नेता घनश्याम सुबेदीले पनि अध्यक्षमा उमेदवारी दिएका छन ।
पर्वतकै मोदी गाउँपालिकामा नेपाली कांग्रेस बिश्वप्रकास प्रसाई अध्यक्ष र मिना केसीले उपाध्यक्षमा उमेदवारी दिएकी छन । नेकपा(एमाले)को तर्फबाट मोदी गाउँपालिकामा प्रेम पौडेल अध्यक्ष तथा सेती महतले उपाध्यक्षमा उमेदवारी दर्ता गराएका छन । नेकपा(माओबादी) केन्द्रबाट भने अध्यक्षमा लालबहादुर अधिकारी र उपाध्यक्षमा गंगा तिमिल्सीनाले उमेदवारी दिएका छन ।
बिहादी गाउँपालिकामा अध्यक्षमा नेपाली कांग्रेसबाट प्रबिण गुरुङ्ग र उपाध्यक्षमा बिष्णुमाया खड्काले उमेदवारी दिएका छन । नेकपा(एमाले)को तर्फबाट कमल भुसाल र उपाध्यक्षमा डम्बरकुमारी गुरुङ्गले उमेदवारी दर्ता गराएका छन । नेकपा(माओबादी) केन्द्रबाट कृष्णप्रसाद पराजुलीले प्रमुख र बिष्णु भुसालले उपाध्यक्षमा उमेदवारी दिएकी छन ।
महासिला गाउँपालिकामा नेपाली कांग्रेसबाट उज्ज्वल गुरुङ्ग मेयर र सृजना मल्ल उपाध्यक्षमा उमेदवार बनेका छन भने नेकपा(एमाले)बाट राजुप्रसाद पौडेल अध्यक्ष र हिरा थापा उपाध्यक्षमा उमेदवार दिएकी छन । माओबादी केन्द्रले अध्यक्षमा रुपनारायण अधिकारी र उपाध्यक्षमा जयकली मल्ललाई उमेदवार बनाएका छन ।
पैयुँ गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्षमा खगेन्द्र तिवारी र उपमेयरमा जसमति गुरुङ्ग उमेदवार भएका छन भने नेकपा(एमाले)को तर्फबाट अध्यक्षमा मित्रलाल बस्याल र उपाध्यक्षमा गोमताकुमारी शर्माले उमेदवारी दिएका छन । माओबादी केन्द्रबाट अध्यक्ष पुष्यप्रसाद आचार्य र उपाध्यक्षमा अम्बिका न्यौपाने उमेदवार बनेका छन ।