११ वैशाख, काठमाडौं । डिलर खारेज गरेको विरोधमा एनसेलको केन्द्रिय कार्यालयमा डिलर व्यवसायीहरुले घेराउ गरेका छन् ।
एनसेल व्यवस्थापन एक्जियटाले अवैध रुपमा जोनल एजेन्ट खडा गरेर दश वर्ष देखि काम गर्दै आएका डिलरहरुलाई खारेज गरेपछि एनसेल डिलर एसोसिएसनमा आवद्ध डिलर व्यवसायीहरु आन्दोलनमा उक्रिएका छन् ।
उनीहरुले सोमबार एनसेलको केन्द्रिय कार्यालयमा धर्ना दिएका छन् ।सम्झौताको समयावधी बाकी रहदै एनसेल व्यवस्थापनले आफुहरुलाई हटाएको भन्दै उनीहरुले जोनल एजेन्ट खारेज नगरे सम्म एनसेलमा धर्ना जारी राख्ने बताएका छन् ।
एसोसिएसनका अध्यक्ष संजय कुमार अग्रवालले एनसेललाई यो अवस्था सम्म ल्याइपुर्याउन डिलरहरुको ठुलो भूमि रहेको भन्दै विगतको सम्झौता अनुसार एनसेल व्यवस्थापन अघि नबढे शसक्त आन्दोलनमा उक्रने चेतावनी दिए ।एनसेलको नेपालभर एकसय ५ वटा डिलर र ५ वटा वितरक रहेका छन् । उनीहरुले सन् २००५ देखि एनसेलको सिम, रिचार्जकार्ड विक्री वितरण गर्दै आएका छन् । एसोसिएसनका महासचिव उमेश श्रेष्ठका अनुसार एनसेलसँग अझै एक वर्षसम्झौता बाँकी रहेको छ ।
एनसेलले नेपाल सरकारलाई कर तिर्नुपर्छ भन्ने दबबा दिएकाले संघप्रति पूर्वाग्रही भएर यस्तो निर्णय गरेको हुन सक्ने महासचिव श्रेष्ठले बताए । ग्राहकले कर नतिरे सिमकार्ड तथा रिचार्ज कार्डकिन्दैनौ भन्ने गुनासो गरेपछि आफुहरुले एनसेललाई करतिर्न दबाब दिएकै कारण यस्तो अन्याय गरेको हुन सक्ने उनले बताए ।
उनीहरुले आइतबार काठमाडौंका वितरकहरु (ड्स्टिीव्यूटर) स्याटलाइट नेपाल प्रालि, डिजिटेक डटकम डट एनपी प्रालि, ओम सोलुसन प्रालि, मोविलन ट्रेड इन्टरनेशनल प्रालि र सिएम ट्रेडिङ इन्टरप्राइजेज प्रालिमा तालाबन्दी गरेका छन् । त्यस्तै पोखरामा खोलिएको एनसेल जोनल एजेन्ट प्राइम एक्सेस प्रालिको कार्यालयमा पनि तालाबन्दी गरेका छन् ।




