Print

उमेदवार छनौटका लागि पर्वतमा आज एमालेको नगर कमिटि वैठकहरु बस्दै, को कस्को दाबी रहँला ?

६ वैशाख, पर्वत । आगामी स्थानीय तहको निर्वाचनको लागि उमेदवार छनोट गर्न देशको दोस्रो ठूलो दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्वतको नगर संगठन कमिटि वैठकहरु आज बस्दैछन । जिल्लाको दुईवटा नगरपालिका मध्ये कुश्मा नगरपालिका र फलेवास नगरपालिकामा संगठन कमिटिको वैठक वस्न लागेका हुन । वैठकले आगामी स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट उमेदवार छनौट गर्ने बताइएको छ । पुरानो संरचना विघटन भएसंगै नयाँ संगठन कमिटिको गठन गरेको एमालेले नगर कमिटिको इन्चार्जका रुपमा जिल्ला कमिटिका बरिष्ठ सदस्यलाई तोकेको छ । दुई नगर कमिटिका छुट्टा–छुट्टै वैठकले आफ्नो नगरमा एमालेको उमेदवार छनौट गर्ने बताइएको छ ।

नगर कमिटिले बढिमा ३ जना हुने गरी प्रदेश कमिटिलाई नाम सिफारिस गर्नेछ । नगर प्रमुख र उपप्रमुखको अन्तिम टुगो भने एमालेको प्रदेश कमिटिले लगाउने छ ।


पछिल्लो समय देशभर एमालेको माहोल बढदै गएको र राष्ट्रियताको पक्षमा एमालेको अडान प्रति जनताहरुको विश्वास बढदै गएका कारण पनि एमालेको तर्फबाट पर्वतमा को उमेदवार हुन्छ भन्ने आम चासोका वीच एमालेको नगर संगठन कमिटि वैठक बस्न लागेको हो । कुश्मा नगरपालिकाको वैठक जिल्ला पार्टी कार्यालय कुश्मामा आयोजना गरिएको छ भने, फलेवास नगरपालिकाको वैठक खानीगाउँमा आयोजना गरिएको छ ।

वैठकमा चुनावी रणनीति निर्माण, जिम्मेवारी बाँडफाँड र उमेदवार चयन लगाएतका विषयमा छलफल चल्ने एमाले श्रोतले बताएको छ । कुश्मा नगरपालिकाको वैठकको अध्यक्षता जिल्ला कमिटि सचिवालय सदस्य तथा नगर इन्चार्ज याम गुरुङले गर्नेछन भने, फलेवास नगर कमिटिको अध्यक्षतामा सचिवालय सदस्य तथा नगर इन्चार्ज मञ्जु अधिकारीले गर्नेछिन ।

आकाक्षीहरुको भिड देखिएको फलेवास नगरपालिकामा उमेदार छान्न भने नगर कमिटिलाई धौ धौ पर्ने नै देखिन्छ । उमेदवारीका आकाक्षीको रुपमा एमाले नेता मोती पौडेल, पार्टी सचिव पदमपाणी शर्मा, धौलागिरी काठमाण्डौं सम्पर्क मञ्चका सचिव पूर्ण गौतम र पुर्व अञ्चल कमिटि सदस्य देवेन्द्र पाण्डेको उमेदवारी चर्चामा छ । उनीहरुले नगर प्रमुखको दाबा गर्नेछन । यसै गरी उप प्रमुखका लागि सचिवालय सदस्य मञ्जु अधिकारी, शारदा पौडेल, विन्दु अधिकारी, केशा परियारको दावा रहेको छ । नगर कमिटिले बढिमा ३ जना हुने गरी प्रदेश कमिटिलाई नाम सिफारिस गर्नेछ । नगर प्रमुख र उपप्रमुखको अन्तिम टुगो भने एमालेको प्रदेश कमिटिले लगाउने छ ।

उता, कुश्मा नगरपालिकामा भने पार्टी उप–सचिव गोविन्द पहाडी, संघिय मामिला सदस्य मेघनाथ सुवेदी र क्षेत्रीय अध्यक्ष शान्त पौडेल नगर प्रमुखको चर्चामा छन् । सर्वसहमत हुन नसकेका तिन जनाकै नाम प्रदेश कमिटिमा पठाउने गरी आजको वैठकमा छलफल हुने बताइएको छ । कुश्मा नगर पालिकामा एमालेको तर्फबाट उप प्रमुखका लागि भने हालसम्म पनि चर्चा हुन सकिरहेको छैन । श्रोतका अनुसार उपप्रमुख माओवादी केन्द्रलाई दिएर चुनावी तालमेल गर्ने गरी पार्टी भित्र आन्तरीक छलफल भईरहेका कारण पनि उमप्रमुखको चर्चा नचलेको बताइएको छ । आजको वैठकमा भने उपप्रमुख पदमा पनि उमेदवारी पर्ने एमाले नेताहरुले बताएका छन ।

दुवै संगठन कमिटिको वैठकमा वडाहरुबाट आएको वडा अध्यक्ष र वडा सदस्यहरुको नामावलीमा समेत छलफल गरी अन्तिम टुंगोका लागि जिल्ला कमिटिमा पठाइने छ । केहि वडाहरुमा सर्वसहमत भएपनि अधिकांश वडाहरुमा भने सर्वसहमत हुन नसकेका कारण उमेदवारहरुको नामावलीलाई नगर कमिटिले जिल्ला कमिटिमा सिफारिस गर्नेछ । जिल्ला कमिटिले वडा अध्यक्ष र सदस्यहरुको अन्तिम टुंगो लगाउनेछ । – समाचार विश्लेषण