१३ भदौ, पर्वत । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा उद्धार गरिएकाको तथ्याङ्क सार्वजनिक गरिरहेको छ । प्राधिकरणको उपलब्ध उद्धार सूचीलाई आधार मान्दा गण्डकी प्रदेशका ६ जिल्लाका १७ जनाको रसुवाबाट उद्धार गरिएको छ । पर्वतका ५० वर्षीय प्रेमप्रसाद सुवेदी र २१ वर्षीय आकाश चुनरा तथा गोर्खाका ७० वर्षीय बुढानिधि पन्त र ६० वर्षीय सिता पन्तलाई पनि रसुवाबाट सकुशल उद्धार गरिएको छ ।
उद्धार गरिएकामा सबैभन्दा धेरै म्याग्दी र लमजुङका चार–चार जना छन्। म्याग्दीका २५वर्षीय प्रदीप प्रजा, ३५ वर्षीय विमल पुर्जा, ४७वर्षीय रामगोपाल चौधरी र ४७ वर्षका सोमबहादुर विक छन् ।्लमजुङका ४६ वर्षीय हरि मिजार, ३१ वर्षीय सुमन भुजेल, ३२ वर्षीयसरोज महोरती र २५ वर्षीय राजकुमार दुलाललाई पनि रसुवाबाट उद्धार गरिएको छ ।
बागलुङका तीन जनालाई उद्धार गरिएको छ । २९ वर्षीय टमकुमारी थापा, ४४ वर्षीय गिरीप्रसाद बुढामगरर ४१ वर्षका धनबहादुर विकलाई उद्धार गरिएको हो ।
पर्वत र गोरखाका दुई–दुई जना तथा स्याङ्जाका एक जना पनि उद्धार सूचीमा छन्। प्राधिकरणले स्याङ्जाका ३७वर्षीय तिलककुमार पराजुली र तनहुँका ५४ वर्षीय वीरबहादुर कुमाललाई पनि रसुवाबाट उद्धार गरेको जनाएको छ । उद्धार सूचीमा नवलपरासी र पश्चिम नवलपरासी ठेगाना उल्लेख भएका नागरिक पनि भेटिएका छन्। नवलपरासी उल्लेख गरिएकामा २६ वर्षीयकेसव केवट, ४६ वर्षीय रवीन्द्र हमाल, ३९ वर्षीय सुवासचन्द्र थारु, २५ वर्षीय देवकुमार श्रेष्ठ र २९ वर्षीय कर्णकुमार चौधरी छन् ।
यस्तै, ४२ वर्षीय सुवास चन्द, २२ वर्षीय लिलित चौधरी, ३७ वर्षका गोपाल चौधरी छन् । पश्चिम नवलपरासीका उमेर नखुलेका सोनारायण चौधरीको पनि उद्धार गरिएको छ ।उनीहरू गण्डकी प्रदेशकै नवलपुर भनिने नवलपरासी ९बर्घघाट सुस्तापूर्व०का नागरिक हुन वा होइनन भन्ने भने खुलेको छैन ।




