२५ चैत, पर्वत । जिल्लाको विहादी गाउँपालिकामा दोस्रो अध्यक्ष कप प्रतियोगीताको आयोजना गरिएको छ । गाउँपालिकाले आगामी वैशाख ७ गते देखि गाउँपालिकामा दोस्रो अध्यक्ष कप प्रतियोगीताको आयोजना गरेको हो । वैशाख १२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगीतामा खेलक्षेत्रका विभिन्न विधाका खेलहरु समावेश गरिएका छन् ।
प्रतियोगीता अन्तर्गत खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगीता तथा खुल्ला वडा स्तरीय क्रिकेट प्रतियोगीता सुपर ६ को आयोजना गरिएको छ । यसैगरी प्रतियोगीतामा खुल्ला वडा स्तरीय महिला भलिबल प्रतियोगीता समेत सञ्चालन हु्नेछ ।
कार्यक्रमको अवसरमा उत्कृष्ट कर्मचारी, शिक्षक, विद्यार्थी र कृषकलाई सम्मान समेत गरिने गाउँपालिका अध्यक्ष परविन गुरुङले जानकारी दिनुभयो । गाउँपचालिकाको सापखेलमैदानमा उक्त प्रतियोगीताको आयोजना गरिएको छ ।




