Print

११ औं महाधिवेशनमा खुल्ला सदस्य तर्फ गिरी ११ औं नम्बरमा

ओलीको एकल प्यानलमा गिरीको मत तेस्रो नम्बरमा

६ पौष, काठमाण्डौं । नेकपा (एमाले)को भरखरै सम्पन्न ११ औं महाधिवेशनमा केन्द्रिय सदस्य पदमा विजयी पदम गिरीले खुल्ला केन्द्रिय सदस्य तर्फ ११ औं नम्बरको लोकप्रिय मत प्राप्त गर्नुभएको छ । ७२ सदस्यका लागि भएको खुल्ला तर्फको निर्वाचनमा गिरीले कुल १५१७ मत प्राप्त गरी खुल्ला तर्फ ११ औं नम्बरको मत प्राप्त गर्नुभएको हो ।

ओली प्यानलका गिरीलाई दोहोरो प्यानलमा परेका ४ जना केन्द्रिय सदस्यहरु प्रदीप ज्ञवाली १९४२, सुवाहङ नेवाङ १७२१, कृष्णभक्त पोखरेल १६९८, किरण गुरुङ १६२७ तथा ओली प्यानलका कृष्ण कुमार श्रेष्ठ किसान १५६०, खिमलाल भट्टराई १५५२, अच्युत प्रसाद मैनाली १५५०, ऐनबहादुर महर १५४६, महेश कुमार बर्तौला १५२९ र बिशाल भट्टराई १५२७ ले लोकप्रिय मत प्राप्त गरी उत्कृष्ट १० भित्र पर्न सफल भएका थिए । दोहोरो प्यानल बाहेक ओली प्यानलमा उत्कृष्ट सातौं नम्बरमा पर्नुभएका गिरी यस अघि सचिव पदको उमेदवारको रुपमा समेत हेरिएको थियो ।

अध्यक्षमा केपी शर्मा ओली र इश्वर पोखरेल वीच भएको प्रतिस्पधामा गिरी ओली पक्षबाट उमेदवार बन्नुभएको थियो । ओली समूहको प्यानल बनेपछि पोखरेल समूहले ओली पक्षका कतिपय केन्द्रिय सदस्यहरुलाइ आफ्नो प्यानलमा समेत समेटेको थियो । गिरी भने ओली प्यानलमा मात्रै थिए ।

गृह जिल्ला पर्वत भएका गिरी दुई पटक प्रतिनिधि सभाका विजयी हुदै स्वास्थ्य तथा कानून मन्त्रालय र पाटीको संसदीय भूमिका प्रमुख सचेतकको जिम्मेवारी समेत निर्वाह गरिसक्नुभएको छ ।