२१ मंसिर, पर्वत । नेकपा एमाले पर्वतमा घर फर्क अभियान सुरु भएको छ ।
जिल्ला पार्टी कार्यालय पर्वतमा एक कार्यक्रमका बिच तत्कालीन नेकपा माओवादी केन्द्रका कुश्मा नगर कमिटी उपाध्यक्ष तथा पर्वत जिल्ला समन्वय कमिटी सदस्य देवी प्रसाद अधिकारी लगायतका पूर्व माओवादी कार्यकर्ताहरु पुरानो घर नेकपा एमालेमै फर्केका हुन् ।
कुश्मा १०, गहतेपखरा निवासी अधिकरी तत्कालीन माओवादी केन्द्रको जिम्मेवार नेताको रुपमा परिचित छन् । उनी माओबादीमा सक्रिय हुनु अघि एमालेको सक्रिय राजनीतिमा रहेका थिए ।




