३० कार्तिक, तनहुँ । नेकपा (एमाले)का केन्द्रिय सदस्य पदम गिरीले वर्तमान सरकारले नेताहरुलाई स्थानहद तोकेर निर्वाचनको वातावरण विगारेको आरोप लगाउनुभएको छ । एमाले जिल्ला कमिटि तनहुँले दमौलीमा आयोजना गरेको जनसभामा बोल्दै नेता गिरीले सरकारले एमाले अध्यक्ष केपी ओली र कांग्रेस नेता रमेश लेखकलाई स्थान हद तोकेर निर्वाचनको वातवरण विगारेको आरोप लगाउनुभएको हो ।
सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको भन्दै यहि अवस्थामा निर्वाचन सम्भव नभएको पूर्व मन्त्री समेत रहनुभएका गिरीले दावी गर्नुभएको छ । नेता गिरीले पूर्व प्रहरी प्रमुखलाई समेत स्थान हद तोक्नु सरकारको गैर जिम्मेवारीपन भएको समेत बताउनुभयो ।
उहाँले सिंगो प्रहरी संगठनको मनोवल गिर्ने गरी प्रहरी अधिकृतहरु माथि ज्याजती गरिएको समेत बताउनुभयो । लुटिएका प्रहरीका हतियार फिर्ता नहुँदा र फरार कैदी बन्दीहरु नियन्त्रणमा लिन नसक्दा पनि निर्वाचनको वातारण बन्न नसक्ने गिरीको भनाई छ ।
वर्तमान सरकारले आन्दोलनमा ब्यक्त भएका मागहरु सम्बोधन गर्न नसक्ने भन्दै गिरीले संसद पूर्नस्थापना मार्फत युवा पुस्ताको मागलाई सम्बोधन गर्नुपर्ने धारणा ब्यक्त गर्नुभयो । संसद पूर्नस्थापना गरी संविधान संसोधन मार्फत ‘अल्र्लि निर्वाचन’ गर्नुपर्ने गिरीको भनाई थियो । सुशासन र भ्रष्ट्रचार न्यूनिकरण नै आजको आवश्यकता रहेको भन्दै ति सवै मागहरु संविधान संसोधन पुरा गर्नुपर्ने पूर्व कानून तथा स्वास्थ्य मन्त्री समेत रहुनुभएका गिरीको भनाई छ ।




