Print

नेपाली कांग्रेस पर्वतको पाटी कार्यालयमा २१ लाख १९ हजारको क्षति

२५ असोज, पर्वत । नेपाली काँग्रेस पर्वतले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनबाट कार्यालयमा २१ लाख १९ हजार बराबरको क्षति भएको छ । कांग्रेसले प्राविधिकहरुको सहयोगबाट उक्त क्षतिको विवरण संकलन गरेको हो । नेपाली कांग्रेस पर्वतको पदाधिकारी बैठकबाट क्षति भएको उक्त भवनलाई पुर्ननिर्माण गर्ने निर्णय समेत गरेको छ । पाटी सभापति युवराज जोशीको अध्यक्षतामा बसेको बैठकले भवनको पूर्ननिर्माण गर्ने निर्णय गरेको हो ।

शुक्रबार पाटी कार्यालयमा आयोजीत पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको थियो । कांग्रेसले ब्यवसायी शिव शर्मा पौडेलको संयोजकत्वमा पुर्ननिर्माण समिति समेतको गठन गरेको छ । उक्त समितिले आन्दोलनमा जलेको भवनको पुर्ननिर्माण गर्नेछ ।

भवन पुर्ननिर्माणको लागि पर्वत कांग्रेसले शुभच्छुकहरुलाई सहयोगको लागि अनुरोध समेत गरेको छ । आगजनीबाट सभाहल पूर्णरुपमा क्षतिग्रस्त बनेको छ भने पदाधिकारीहरुको कार्यकक्ष, मुलद्धारमा ठुलो क्षति पुगेको छ । कांग्रेस विध्वसमा संग्लन्न जोकोहीलाई पनि राज्यले कारबाही गर्नुपर्ने धारणा सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस केन्द्रिय सदस्य अर्जुन जोशीले जिएन जि पुस्ताले उठाएका जायज मागहरुमा घुसपैठ गरी अन्य शक्तिले आन्दोलनलाई भाडेको आरोप लगाउनुभएको छ । उहाँले शुसासन र भ्रष्ट्रचारको मुद्दा साझा मुद्दा भए पनि आन्दोलनको क्रममा अराजकता मच्चाउनेहरुको बाहुल्यता रहेको बताउनुभयो ।

कांग्रेस जिल्ला सभापति युवराज जोशीले पाटी कार्यालयमा आगो लगाउनेलाई राज्यले कारबाही नगरे पाटीले कारबाही गर्ने स्पष्ट पार्नुभयो । उहाँले सार्वजनिक सम्पत्ति र नीति घरमा आगजनी गर्ने अपराधि भएको उल्लेख गर्दै प्रहरी प्रशासन मुखदर्शक बस्दा यस्तो जघन्य घटना घटेको समेत बताउनुभयो । आगजनीमा संग्लन्न पाटीका कार्यकर्ता भए पनि उनीहरुले समेत सजाय पाउने जोशीले बताउनुभएको छ ।

पाटी कार्यालयको पुर्ननिर्माणका लागि कांग्रेस जिल्ला सभापति डा. चुडामणी शर्माले ५१ सय रुपैया नगद हस्तान्तरण गरी भवन पुर्ननिर्माणको शुभारम्भको घोषणा गर्नुभयो । डा. शर्माले आगजनी हुँदा आफू कार्यालयमै रहेको र प्रशासनले सुरक्षाको जिम्मा लिन सकिन्न भनेपछि मात्रै आफूहरुले कार्यालय छोडेको स्मरण गर्नुभयो । कांग्रेसले शुभच्छु्कहरुबाट प्राप्त रकम वैंकिङ प्रणाली मार्फत ग्रहण गर्ने र उक्त रकम वैंकिङ कारोबार मार्फत खर्च गर्ने स्पष्ट पारेको छ । प्राप्त भएको रकमको आम्दानी खर्च शुभच्छुक तथा कार्यकर्ता सामू पारदर्शी हुने समेत कांग्रेसले जनाएको छ ।