१ भदौ, पर्वत । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत माक्र्सवादी लेलिनबादी)को जिल्ला कमिटि वैठक आज सदरमुकाम कुश्मा बजारमा बस्दैछ । पाटी सचिव सुवाचन्द्र पौडेलेका अनुसार वैठकले आगामी कार्य योजना बनाउनुका साथै सांगठनिक रुपमा महत्वपूर्ण निर्णयहरु लिनेछ ।
यस अघि शनिवार जिल्ला कमिटिको सचिवालय वैठक सम्पन्न भएको छ । वैठकमा यस अघि जिल्ला कमिटिले निर्णय गरी प्रदेश कमिटिबाट अनुमोदन भएका केहि जिल्ला सदस्यहरुले सपथ लिएका थिए । जिल्ला अध्यक्ष गोविन्द पहाडीले ति सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको थियो । सपथ ग्रहण कार्यक्रममा एमाले केन्द्रिय सदस्य पदम गिरीको उपस्थिती थियो ।
सचिवालय वैठकले आज बस्ने जिल्ला कमिटि वैठकका एजेण्डाहरु तय गरेको उपाध्यक्ष बिमल लामिछानेले जानकारी दिनुभयो । एमाले भित्रका आन्तरीक समस्याहरु समाधानका लागि यस अघि भएको सचिावालय वैठकले गरेका निर्णयहरु जिल्ला कमिटिबाट सर्वसहमत अनुमोदन हुने उपाध्यक्ष लामिछानेको भनाई छ ।
आजै एमाले सम्बद्ध प्रेस चौतारी नेपालले महिला पत्रकारलाई सम्मान तथा हरीतालिका तीजको उपलक्ष्यमा दर खाने कार्यक्रमको समेत आयोजना गरेको छ ।




