४ साउन, पर्वत । पर्वतको मोदी गाउँपालिका वडा नं. ३ देउरालीको लाङ्दीमा माथिवाट आएको पहिरोले एक घर पुरिदा बृद्ध दम्पत्ति पुरिएर वेपत्ता भएका छन् ।
लाङ्दी स्थित छविलाल विश्वकर्माको एक तले घर पुरिँदा ७६ वर्षिय बृद्ध छविलाल विश्वकर्मा र उहाँकी श्रीमती ७६ वर्षिया विष्णुमती विक पुरिनुभएको हो । उहाँकी बुहारी ३२ वर्षिया पवित्रा विक भने घरवाट पहिरो झर्ने वित्तिकै भागेर बच्न सफल हुनुभएको छ ।
सडक अवरुद्ध हुँदा घटनास्थलमा प्रहरी पुग्न सकेको छैन भने स्थानीयले उद्धार कार्य जारी राखेका छन् । अहिले वेपत्ता दम्पितिको खोजी कार्य भैरहेको मोदी गाउँपालिका वडा नं. ३ का वडा सदस्य सन्तोष विकले जानकारी दिनुभयो । प्रहरी आईपुगेको छैन, हामी स्थानीयले खोजी कार्य जारी राखेका छौ, घटनास्थलमै रहनुभएका विकले भन्नुभयो ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक रामप्रसाद सापकोटाले घटनास्थलतर्फ प्रहरी जाँदै गरेको र पुगिसकेपछि यथार्थ विवरण आउने जानकारी दिनुभयो ।




