कुश्मा नगरपालिकाको बाह्रौं नगरसभामा उपस्थित सबै सदस्य ज्यूहरू,
नेपालको संविधानले तय गरेका तीन तहका सरकारहरूमध्ये जनतासँग प्रत्यक्ष सरोकार राख्ने र जनअपेक्षा प्रभावकारी रुपमा सम्बोधन गर्ने स्थानीय सरकार हो । जनताका भावना तथा आवश्यकताको महत्त्व बुझी सेवाप्रवाह गर्ने कुश्मा नगरपालिकाको यस गरीमामय नगर सभाको बाह्रौं अधिवेशनमा उपस्थित नगरसभाका सम्पूर्ण सदस्यज्यूहरूलाई प्रथमतः हार्दिक स्वागत गर्दछु ।
कुश्मा नगरपालिकाको दोश्रो नगर सभाको अवधी तीन वर्ष पूरा भई चौथो वर्षमा नगर प्रमुखको हैसियतले आर्थिक वर्ष २०८२र०८३ को नीति तथा कार्यक्रम सभामा प्रस्तुत गर्न पाउँदा गौरवको अनुभूति गरेकोछु । यस महत्त्वपूर्ण घडीमा राष्ट्रको आर्थिक, सामाजिक, साँस्कृतिक रुपान्तरण र राजनीतिक परिवर्तनका लागि इतिहासका विभिन्न कालखण्डमा भएका आन्दोलनमा जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूप्रति सम्मानका साथ भावपूर्ण श्रद्बाञ्जली अर्पण गर्दछु ।
लोकतन्त्रको आधारभूत मूल्य मान्यताको सम्मान, मानव अधिकारको संरक्षण, सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्नका लागि कुश्मा नगरपालिकाको समृद्ध सुन्दर कुश्मा नगर को दीर्घकालीन सोच पूरा गर्नेतर्फ प्रतिवद्ध रही नागरीकले अनुभूत गर्नेगरी दूरगामी र महत्त्वपूर्ण प्रभाव पार्ने कार्यक्रम निरन्तर रुपमा गरीएकोछ । यस कार्यमा योगदान पुर्याउनुहुने सबै पक्षमा सर्वप्रथम हार्दिक धन्यवाद दिन चाहन्छु ।
सुशासनलाई संस्थागत गर्न, विकास निर्माणलाई गति दिन र सेवा प्रवाहमा आम जनताले अनुभूति गर्न सक्ने गरी सुधार गर्न नगरपालिका स्पष्ट कार्ययोजना सहित अघि बढेकोछ । जनताको सार्वभौम अधिकारलाई मध्यनजर गर्दै चुस्त, दुरुस्त र प्रभावकारी सेवा प्रवाह गर्न स्थानीय सरकारको हैसियतले विभिन्न संरचनागत, नीतिगत, कानुनी, प्रशासनिक तथा व्यवस्थापकीय कार्य सम्पादन हुँदै आइरहेको छ।
निरन्तरता दिनुपर्ने विगतदेखि सञ्चालित आवश्यक कार्यक्रमहरूको निरन्तरता दिँदै नगरसभा, कार्यपालिका, शाखा र वडास्तरबाट सम्पादन गर्नुपर्ने काम कारवाहीलाई प्रभावकारी रुपमा सम्पादन गर्न प्राथमिकता दिइएको छ। कार्यपालिका अन्तर्गतका विषयगत समितिहरूको भूमिकालाई थप प्रभावकारी र सक्रिय हुने संस्थागत पद्धतिको विकास गरीएको छ । जनतासँग प्रत्यक्ष सम्पर्क रहने वडा कार्यालयहरूको क्षमता विकास र श्रोत साधनमा उल्लेख्य वृद्बि गरी विकासको गतिलाई तीब्रता दिने नीतिलाई आगामी आर्थिक वर्षमा विशेष प्राथमिकतामा राखिनेछ ।
विषयगत क्षेत्रहरूका लागि विशेष नीति तथा कार्यक्रम प्रस्ताव गरेकोछु, जसको प्रभावकारी कार्यान्वयनबाट नगरको आर्थिक, सामाजिक, भौतिक, राजनीतिक लगायत समग्र विकासमा टेवा पुग्ने विश्वास गरेकोछु।
नगरसभा सदस्यज्यूहरू,
स्थानीय स्रोत र साधनको प्रभावकारी परिचालन गरी प्राप्त उपलब्धिको समतामूलक वितरण र वातारणमैत्री विकासमा केन्द्रित हुँदै स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा उल्लेखित काम, कर्तव्य र अधिकार, नगरपालिकाको वित्तीय अधिकारक्षेत्रका मार्गदर्शन, कुश्मा नगरपालिकाले अघि बढाएका नीति तथा कार्यक्रमहरूको समीक्षा, प्राप्त उपलब्धि र कार्यान्वयनबाट हासिल गरेका अनुभव तथा नेपाल सरकार र गण्डकी प्रदेश सरकारको चालु आवधिक योजना, कुश्मा नगरपालिकाको दीर्घकालीन सोच, रणनीनिक योजना, आवधिक योजना र दिगो विकासका लक्ष्यहरूमा आधारित भई आगामी आर्थीक वर्षका लागि यो नीति तथा कार्यक्रम तर्जुमा गरीएको छ ।
उल्लेखित पृष्ठभूमिमा आधारित भई कुश्मा नगरपालिकाको आर्थिक बर्ष २०८२र८३ को क्षेत्रगत नीति तथा कार्यक्रम प्रस्ताव गर्दछु।
नगरसभा सदस्यज्यूहरु,
(क) संस्थागत विकास तथा सुशासनतर्फ
१) पारदर्शिता, जवाफदेहिता, नैतिकता, र निर्णयमा सहभागिता, योजनाबद्ध कार्यप्रणाली जस्ता सुशासनका अन्तरवस्तुलाई
आत्मसात गरी स्थानीय सरकार सञ्चालनमा कानूनको शासनको प्रत्याभुति गराई सुशासनलाई बढावा दिइनेछ।
२) कुश्मा नगरपालिकाको प्रशासकीय भवन निर्माण साथै ८ नं वडा कार्यालयको भवन निर्माण कार्य यसै वर्ष सम्पन्न
गरिनेछ साथै भवन नभएका वडाहरुमा जग्गा व्यवस्थापन गरी वडा कार्यालय भवन निर्माणको कार्यलाई अगाडि
बढाइनेछ।
३) नगरपालिकामा सञ्चालन हुदै आएको ई(हाजिरीलाई वडा कार्यालयमा पनि कार्यान्वयन गरिनेछ नगरपालिकाबाट प्रवाह
गरीने सेवा प्रवाह एवं गतिविधिलई क्रमशः विद्युतीय शासन प्रणाली लागू गर्दै सेवा प्रवाहलाई सरल, सहज, पारदर्शी
गराइनेछ।
४) सवै शाखा र वडाहरुका वीचमा समन्वयकारी भूमिका निर्वाह गरिनेछ साथै शाखा र वडाहरुबाट भएका प्रगतिलाई चौमासिक तथा वार्षिक रुपमा प्रकाशन गरिनेछ, नगरपालिका तथा वडाबाट भएका असल अभ्यास एवं सिकाइहरुको दस्तावेजीकरण गरिनेछ।
५) संघीय तथा गण्डकी प्रदेश सरकारको ऐन तथा नीति बमोजिम कर्मचारीहरुको स्तरवृद्धि र तहवृद्धि लगायत अन्य सेवा सुविधाको व्यवस्थाहरुलाई कार्यान्वयन गरिनेछ । तथा कार्यसम्पादनमा आधारित दण्ड पुरस्कार प्रणालीको अवलम्वन गरी राष्ट्रसेवक कर्मचारीहरुमा जनताप्रति समर्पित भइ जिम्मेवारी बहन गर्ने कार्य संस्कृतिको विकास गरिनेछ।
६) कुश्मा नगरपालिकामा सेवा करारमा कार्यरत कर्मचारीहरुको योगदानको उच्च सम्मान गर्दै सामाजिक सुरक्षा प्रणालीमा आवद्धता गरिनेछ। नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई सेवा प्रवाहमा उत्प्रेरित गर्नका लागि सार्वजनिक सेवा प्रवाह, स्थानीय सरकार सञ्चालन जस्ता विषयमा क्षमता विकास कार्यक्रम, असल अभ्यास आदानप्रदान र अध्ययन अवलोकन जस्ता कार्यक्रमहरु सञ्चालन गरिनेछ
७) प्रशासनिक सुधार र सुशासन सम्बन्धी विषयमा कर्मचारीहरुलाई सेवाकालिन तालिम मार्फत् क्षमता अभिवृद्धि एवं वृत्तिविकास गरिनेछ।
८) सर्वसुलभ, छिटो, छरितो, सेवाप्रवाह, पारदर्शिताजस्ता विषयको पूर्ण उपयोगको लागि नागरीक वडापत्रको अद्यावद्यिक गरीनुका साथै जनताको सू(सूचित हुन पाउने सूचनाको हकको पूर्ण प्रत्याभूति गराइनेछ । सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनको लागि गुनासो सुनुवाइ संयन्त्रलाई व्यवस्थित गराइनेछ ।
९) सेवाग्राहीमैत्री सार्वजनिक सेवा प्रवाहका लागि नगरपालिकामा स्थापना गरीएको सहायता कक्ष ९ज्भउि म्भकप० लाई थप व्यवस्थित गरिनेछ साथै प्रत्येक वडा कार्यालय र स्वास्थ्य संस्थामा समेत ९ज्भउि म्भकप० स्थापना गर्ने नीति लिईनेछ ।
१०) सेवा प्रवाह मापदण्ड कार्यान्वयन गरी आन्तरिक नियन्त्रण प्रणालीलाई सुदृढीकरण गरिनेछ च्ष्नजत ःबल ष्ल च्ष्नजत एबिअभ ब्त च्ष्नजत तष्mभ को अवधारणा लागू गर्दै शाखागत रुपमा त्इच् तयार गरी कार्यसम्पादन सम्झौता गरिनेछ।
११) सेवा प्रवाह एवं अभिलेख व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सूचना तथा अभिलेख केन्द्र स्थापना गरी सञ्चालन गरिनेछ ।
१२) नगरपालिकाका विषयगत समितिहरुलाई थप उत्तरदायी, क्रियाशिल र परिणाममुखी बनाइनेछ।
१३) संघीय सरकार र गण्डकी प्रदेश सरकारबाट अभ्यासमा ल्याइएका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि ९ीक्ष्क्ब्० स्थानीय तह वित्तीय जोखिम सूचकांक ९ँच्ब्० स्थानीय आर्थिक विकास ९ीभ्म्० को कार्यविधि अनुरुप नगरपालिकाको कामकारवाहीलाई थप प्रभावकारी बनइनेछ।
१४) वडा नं। २,३,९ र १४ मा प्रहरी चौकी स्थापना गर्ने नीति लिईनेछ ।
१५) प्राविधिक जनशक्तिलाई वडा कार्यालयमार्फत परिचालन गरि सेवा प्रवाह गरिनेछ ।
१६) जनसङ्ख्या तथा भौगोलिक रुपमा ठूला रहेका वडा बिभाजन गर्नका लागि माग भई आएका वडाहरुलाई विभाजन गर्नका लागि प्रकृया अगाडि बढाईनेछ।
नगरसभा सदस्यज्यूहरु,
(ख) राजश्व परिचालन तथा आन्तरिक आयतर्फ
१७) राजश्वको प्रणालीलाई थप सुदृढ गरी राजश्वको दायरा वृद्धि र कर संकलनलाई अनुमानयोग्य बनाउन राजश्व प्रशासनको नीतिगत र संरचनागत सुधार गरी आन्तरिक आय अभिवृद्धि गरिनेछ ।
१८) पूर्णरुपमा सुत्र राजश्व मोडल ९ क्ग्त्च्ब्( च्भखभलगभ ःयमभ ि० लागु गरी वडा तहबाटै राजश्व संकलन गरिनेछ ।
१९) कर संकलनको दरलाई वृद्दी गर्नका लागि समय समयमा कर संकलन घुम्ति सेवा सञ्चालन गरिनेछ।
२०) आन्तरिक आयलाई मजबुद बनाई करको दरमा न्यूनीकरण, दायरामा विस्तारीकरण र असुलीमा सुदृढीकरणको नीति अख्तियार गरिनेछ ।
२१) नगरपालिकाको आन्तरिक आयको मुख्य स्रोतको रुपमा देखिएका सम्पत्ति करर भूमि कर र व्यवसाय करका लागि कर सचेतना कार्यक्रम सञ्चालन गरिनेछ ।
२२) निर्धारित समयमा, सबै प्रकारका, सबैभन्दा बढी कर तिर्ने करदातालाई उत्कृष्ट करदाताको रुपमा सम्मान गर्ने नीति लिईनेछ ।
२३) राजश्व सम्बन्धी कार्यलाई थप व्यवस्थित गर्न संघीय सरकार, गण्डकी प्रदेश सरकार, अन्य स्थानीय तह र निजी क्षेत्र, नागरीक समाज, गैर सरकारी संघ संस्थाहरुसँग आवश्यक समन्वय एवं सहकार्य गरिनेछ ।
२४) राजश्व सुधार कार्ययोजना तयार गरी राजश्व परिचालन गरिनेछ ।
२५) सम्पत्ति कर, भूमिकर, व्यवसाय कर र घररजग्गा बहाल करलाई एकीकृत सूचना प्रणालीमा आवद्ध गरी कर असुल उपर गरिनेछ ।
२६) नगरपालिकामा बुझाउनुपर्ने सबै प्रकृतिका करलाई पोर्टल मार्फत् बुझाउने व्यवस्था गरिनेछ ।
नगरसभा सदस्यज्यूहरु,
(ग) न्यायिक कार्यसम्पादनतर्फ
२७) सूचीकृत मेलमिलापकर्ताहरुका लागि अभिमुखिकरण र क्षमता विकासका कार्यक्रम सञ्चालन गरी समुदायस्तरमा उत्पन्न हुने विवादको मेलमिलापका माध्यमबाट दिगो समाधान गरिनेछ ।
२८) न्यायिक समितिका पदाधिकारी तथा न्यायिक निरुपणमा संलग्न हुने कर्मचारी, पदाधिकारीहरुलाई कानुनी सचेतना सम्बन्धी आवश्यक तालिम, गोष्ठी तथा सेमिनारको आयोजना गरिनेछ ।
२९) न्यायिक समितिको निर्णयलाई नगरबासीले न्याय अनुभूत हुने गरी नतिजामूलक कार्यान्वयन सुनिश्चित गरिनेछ ।
३०) स्थानीय तहबाट सम्पादन हुने न्यायिक कार्यसम्पादनको असल अनुभव आदानप्रदान गर्न आवश्यकता अनुसार अध्ययन अवलोकन कार्यक्रम सञ्चालन गरिनेछ ।
३१) न्यायिक समिति आवश्यकता अनुसार विवादसँग सम्बन्धित स्थानमै उपस्थित भई गुनासो सुन्ने, साक्षी झिकाउनेजस्ता कार्य गरी विवादित दुवै पक्षलाई ध्ष्ल ध्ष्ल एयकष्तष्यल महशुस हुनेगरी वास्तविक न्याय प्रदान गरिनेछ ।
३२) नगरपालिकाको न्यायिक कार्यसम्पादनमा सहजता ल्याउन तथा कानून निर्माणमा प्रभावकारिता हासिल गर्न गण्डकी प्रदेश सरकारको साझेदारीमा न्यायिक सहजकर्ताको व्यवस्था गरिनेछ । साथै कानून निर्माण सम्बन्धी क्षमता विकासका कार्यक्रम लागु गरिनेछ ।
नगरसभा सदस्यज्यूहरु,
(घ) आन्तरिक लेखापरीक्षण तर्फ
३३) वित्तीय सुशासन र सार्वजनिक उत्तरदायित्व अभिवृद्धिका लागि आवश्यक विधि र उपाय अवलम्बन गर्दै सबै प्रकृतिका बेरुजुलाई क्रमश घटाउदै शुन्य बेरुजु कायम गर्ने नीति लिइनेछ ।
३४) आन्तरिक लेखा परीक्षणलाई प्रभावकारी बनाउँदै सार्वजनिक खर्चमा मितव्ययीता कायम गर्न जोड दिइनेछ ।
३५) कुश्मा नगरपालिकाको अन्तिम लेखापरीक्षणबाट औल्याइएका बेरुजुको छानबीन गरी बेरुजु फर्छ्यौट तथा सम्परीक्षण गरिनेछ ।
३६) आन्तरिक लेखा परीक्षणलाई प्रभावकारी बनाउन आवश्यकता अनुसार स्थलगतरभौतिक परीक्षण साथै अनलाइन प्रणालीद्वारा परीक्षण गर्नका लागि सम्बन्धित कर्मचारीको क्षमता विकासमा जोड दिदै थप प्रभावकारी तथा प्रविधिमैत्री बनाइनेछ ।
३७) आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन,द्दण्ठट बमोजिम अत्यावश्यक कार्यमा स्पष्ट कारण र लागत अनुमान अनुरुप बाहेक पेश्कीलाई निरुत्साहित गर्दै आर्थिक बर्षको अन्तमा पेश्की बेरुजु कायम नरहने गरी कारोबार गर्न जोड दिइनेछ ।
३८) नगरको वित्तीय कारोबारलाई नेपालको संविधान, संघीय तथा प्रादेशिक आर्थिक ऐन, कानुन, कार्यविधि तथा मापदण्डको मर्म अनुरुप स्वच्छ, पारदर्शी र जवाफदेहि बनाउदै आर्थिक अनुशासन र वित्तीय जवाफदेहिता प्रवर्द्धन गरिनेछ।
३९) व्यक्तिगत बेरुजु निजले भुक्तानी पाउने जुनसुकै रकमबाट कट्टा गरी सरकारी बाँकी सरह असुल उपर गरिनेछ।
नगरसभा सदस्यज्यूहरु,
(ङ) योजना तथा बजेट व्यवस्थापनतर्फ
४०) विकास आयोजना छनोट गर्दा सामाजिक, आर्थिक लाभ, भौगोलिक सन्तुलन, उत्पादन र रोजगारी सिर्जनालाई प्रमुख आधार बनाइनेछ । पूर्व तयारी पुरा गरेका तथा प्रतिफल सुनिश्चित भएका योजना तथा कार्यक्रम मात्र छनोट गरिनेछ ।
४१) स्वच्छ, गुणस्तरीय र भरपर्दो खानेपानी सुविधा उपलब्ध हुनेगरी खानेपानीका कार्यक्रम कार्यान्वयन गरिनेछ । भूमिगत र सतह स्रोतको संरक्षण गर्दै एक घर एक धारा कार्यक्रमलाई प्रभावकारी बनाइनेछ ।
४२) योजना कार्यान्वयन गर्ने उपभोक्ता समिति र निर्माण व्यवसायीहरुको क्षमता अभिवृद्धि गर्न सवै वडामा योजना कार्यान्वयन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिनेछ ।
४३) योजना शाखालाई प्रविधिमैत्री बनाउने नीति अवलम्वन गरिनेछ ।
४४) अनुत्पादक एवं वितरणमुखी टुक्रे आयोजना कार्यक्रम छनोट गर्ने प्रवृत्तिलाई निरुत्साहित गरी उत्पादनमूलक तथा जनताको आवश्यकतालाई सम्बोधन गर्ने प्रतिफलमुखी योजना कार्यान्वयन गर्ने नीति लिईनेछ ।
४५) नगरसभाबाट पारित भएका योजना तथा कार्यक्रमहरुको अनुगमन तथा मुल्याङ्कन प्रणालीलाई सूचना प्रविधिमा आधारित, नतिजामूलक तथा प्रभावकारी बनाइनेछ ।
४६) विकास कार्यक्रम तथा आयोजनाको अनुगमन तथा मूल्याङ्कन प्रणालिलाई सुदृढ बनाइ बजेट कार्यान्वयनलाई परिणाममुखी बनाइनेछ । आयोजना कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न नीतिगत, कानुनी तथा प्रक्रियागत सुधार गरिनेछ ।
४७) नगरभित्र सञ्चालित रुग्ण, जीर्ण, समस्याग्रस्त आयोजनाको अध्ययन प्रतिवेदनको आधारमा सुधार, परिमार्जन तथा पुनरावलोकन गरिनेछ ।
४८) कुश्मा ज्ञादी नयाँ मोटरेबल पुल निर्माण गर्न प्रथामिकता दिईनेछ। कुश्मा नगरपालिका वडा नं।९ हरहरे डिल मोदीबेनी सडक निर्माण गर्ने नीति लिईनेछ ।कुश्मा खानेपानी नगरका सम्भावित सबै वडामा पुर्याउन पहल गरिनेछ ।वडा नं। ९ र १३ मा खानेपानी चरम अभाव भएकाले स्रोत खोज गरि खानेपानी समस्या समाधान गरिनेछ ।
४९) पकुवा सिल्मी जोड्ने झोलुङ्गे पुल, धुस्तुङ्ग आर्थर झोलुङ्गे पुल, कल्सौडी लामपाटा चकालिको डिल झोलुङ्गे पुल, केवादी च्यानकाटे झोलुङ्गेपुल, चुवा पकुवा जोड्ने झोलुङ्गे पुल निर्माण गर्ने नीति लिईनेछ ।
नगरसभा सदस्यज्यूहरु,
(च) कृषि विकासतर्फ
५०) कुश्मा नगरपालिकाभित्र बेमौसमी तरकारीको जलवायु अनुकूल प्रविधिमा उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न प्लास्टिक टनेल घर निर्माण कार्यक्रम लागु गरिनेछ।
५१) कृषकलाई प्राविधिक ज्ञान, सीप र व्यवहारमा दक्ष बनाउनको लागि विभिन्न कृषि क्षेत्रमा आधारित प्रशिक्षण सञ्चालन गरिनेछ ।
५२) नगरपालिकाको परम्परागत पहिचानको रुपमा रहेका रैथाने बाली उत्पादन, संरक्षण तथा प्रवर्द्धन गर्ने कार्यलाई प्रथामिकताका साथ अघि बढाईनेछ ।
५३) बालीमा लाग्ने रोग, किराको पहिचान गरी बाली सम्बन्धी समस्या, रोग नियन्त्रण, बाली संरक्षणको लागि नगरभित्र प्लान्ट क्लिनिक सञ्चालन गरिनेछ।
५४) कृषि बीउ बीजन तथा बिरुवा आपूर्ति, उपयोग र नियमनलाई व्यबस्थित र प्रभावकारी बनाई साझेदारीमा उपलब्ध गराईनेछ।
५५) नगरपालिकाभित्र कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न माटो शिबिर सञ्चालन गरी माटो अनुकूल उपयुक्त क्षेत्रमा उपयुक्त बाली लगाउन कृषकलाई सहजीकरण गरिनेछ।
५६) रासायनिक बिषादीको प्रयोगले गर्दा बातावरण, माटो र उपभोक्ता, नगरवासीको स्वास्थ्यमा परेको असरलाई क्रमशस् न्यूनीकरण गर्न जैविक बिषादी प्रयोगलाई प्राथमिकता दिईनेछ ।
५७) नगर भित्रको कृषिको बस्तुगत स्थिति र अवस्थाको तथ्यांक प्राप्त गर्न किसान सूचीकरण, तथ्यांक अध्याबधिक कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
५८) खाद्यान्न बाली, फलुफूल खेति, तरकारी खेति, च्याउ खेति तथा मसलाबाली उत्पादन मार्फत् आयआर्जन बृद्धि गर्ने हेतुले खेति प्रबर्द्धन कार्यक्रम सञ्चालन गरिनेछ ।
५९) बीउ बीजन वितरण तथा खरिद कार्यमा सहुलियत प्रदान गरिनेछ, कृषिको यान्त्रिकरण, बजारीकरण, व्यवसायीकरण र विविधिकरण मार्फत् कृषिमा आत्मनिर्भर नगर निर्माण गरिनेछ, कृषिमा यान्त्रिकरणका लागि आवश्यक अनुदान उपलब्ध गराइनेछ ।
६०) वडा नं। २ र ३ का सम्भावित क्षेत्रहरुलाई सुन्तला पकेट क्षेत्र घोषणा गरिनेछ । वडा नं १० लाई केरा पकेट क्षेत्र, वडा नं। १३ लाई आलु पकेट क्षेत्र र ज्ञादी क्षेत्रलाई धान पकेट क्षेत्रको रुपमा विस्तार गरिनेछ ।
६१) जङ्गली जीवजन्तुहरुले खेतिवालिमा पुर्याएको क्षतिलाई मध्यनजर गरि क्षति न्यूनीकरणका लागि आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ ।
६२) नगर भित्रका कृषकहरुको तथ्याङ्क संकलन कार्यलाई निरन्तरता दिईनेछ ।
नगरसभाका सदस्यज्यूहरु,
(छ) पशुपंक्षी विकासतर्फ
६३) पशु स्वास्थ्य उपचारका लागि आधारभूत पशुपन्छी प्रयोगशाला स्थापना गरी उपचार तथा परामर्श सेवा उपलब्ध गराइनेछ ्
६४) स्थानीय स्रोतसाधनको उपयोग गरी पशुपन्छीपालन गर्दै आएको पेशा लाई यथावत रुपमा सञ्चालन गर्न दिई निर्बाहमुखी पशुपंछी व्यवासयलाई सुदृढीकरण गरिनेछ ्र
६५) पशुचौपायामा देखिने आकस्मिक रोग तथा महामारी नियन्त्रण गर्न निस्शुल्क औषधि उपचार गरिनेछ ्र
६६) रेबिज जस्तो जूनोटिक रोगहरुको रोकथामको लागि सामुदायिक छाडा कुकुरहरुको जनसंख्या व्यवस्थापन अन्तरर्गत बन्ध्याकरण तथा रेबिज विरुद्ध खोप कार्यक्रम सञ्चालन गरिनेछ ्र
६७) स्थानीय गाईगोरु पाल्ने कृषकहरुलाई प्रोत्साहनस्वरुप अनुदानका कार्यक्रमहरु सञ्चालन गरिनेछ ्र
६८) नगरपालिकाको पहूँच नपुगेको बस्तीहरुमा पशुघुम्ती तथा बाझोपन निवारण शिबिर सञ्चालन गरी घर घरमा पशु स्वास्थ्य उपचार सेवा पुर्याईनेछ ्र
६९) कृत्रिम गर्भाधान सेवा विस्तार गरी उन्नत नस्लका पशुहरुको संख्या बृद्दी गर्न कृत्रिम गर्भाधान मिसन कार्यक्रम सञ्चालन गरिनेछ ्र
७०) नगरबासीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै प्रत्येक ३ महिनामा नगरभित्रका मासु पसल, फ्रेश हाउस, डेरी पसल अनुगमन गरिनेछ र अबैध रुपमा पैठारी भएका माछामासु बेचबिखनमा रोक लगाइनेछ ्र
७१) बाह्रमासे हरियो घाँस खेतिलाई प्रवर्द्धन गर्न हिउँदे र वर्षे घाँसको बीउबीजन उपलब्ध गराइनेछ ्र
७२) वडा नं। ७ खरेहामा रहेको गौशालालाई स्तरोन्नती गरि नगर गौशालाको रुपमा विकास गरिनेछ।
७३) नगर भित्रको मासुको वजारलाई व्यवस्थित गर्न कुखुरा प्रसोधन गर्न वडा नं। २ को वधस्थल राँगा भैसी प्रसोधन गर्नका लागि वडा नं। ४ को बधस्थलमा व्यवस्था मिलाईनेछ । साथै खसीबोका र बङ्गुर प्रसोधनका लागि मापडण्ड अनुसारको वधस्थल निर्माण गर्न पहल गरिनेछ ।
नगरसभा सदस्यज्यूहरु,
(ज) सहकारीतर्फ
७४) वर्तमान समयमा कुश्मा नगरपालिकाको नियमन क्षेत्रभित्र रहेका सहकारी संस्थाहरुमा देखिएको जटिल समस्या न्युनीकरण गरी सहज रुपमा सञ्चालन गर्नका लागि सहकारी संस्था मर्जर गर्ने नीतिलार्इ प्रार्थमिकताका साथ अगाडि बढार्इनेछ साथै मर्जरमा आउने सहकारीहरुलार्इ विशेष सहुलियतको व्यवस्था गरिनेछ ।
७५) नगर क्षेत्रभित्रका सहकारी संस्थाहरुलार्इ समय सापेक्ष क्षमता अभिबृद्धि तालिमको आयोजना गरी थप व्यवस्थित बनाउनेतर्फ जोड दिइनेछ ।
७६) विषम आर्थिक समस्याबाट गुज्रिएका, सहकारी संस्थाहरुको व्यवस्थापन गर्न अनुगमन र नियमन कार्यलार्इ व्यवस्थित गर्दै बचतकर्ताको पूँजी सुरक्षाका लागि आवश्यक कदम चालिनेछ ।
७७) लामो समयसम्म व्यवसाय कर नतिरेका, वितीय कारोवार कम भएका ९पाँच लाख भन्दा कम० तथा नगरपालिकामा नवीकरण नभएका सहकारी संस्थाहरुलाई पछिल्ला तीन आर्थिक बर्षको व्यवसाय कर लिई नवीकरण गरी विषय मिल्दो सहकारी संस्थालाई मर्ज तथा अन्यलाई नियमानुसार खारेजी प्रकृयामा लगिनेछ ।
७८) कुश्मा नगरपालिकाको नियमन क्षेत्राधिकार भित्र रहेका सहकारी संस्थाहरुलाई एकीकरण गर्ने कार्यलाई विशेष जोड दिईनेछ ।
नगरसभाका सदस्यज्यूहरु,
(झ) लघु उद्यम विकास कार्यक्रमतर्फ
७९) गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम ९मेड्पा० संचालन गर्दा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम ९मेड्पा० संचालन निर्देशिका २०७७ बमोजिम लघु उद्यम विकास ९मेड० मोडल बमोजिम सेवाहरुलाइ एकीकृत रुपमा प्रदान गरिने छ ।
८०) बजारको माग, श्रोतसाधनको उपलब्धता र जनचाहनामा आधारित उद्यम स्थापना तथा उद्यमीको स्तरोन्नति गरिनेछ ।
८१) वैदेशिक रोजगारीवाट फर्कीएका युवाहरुलाई स्थानीयस्तरमा रोजगारीको अवसर सृजना गर्नको लागि उद्यमशिलता तालिम संचालन गरी एक घर एक उद्यम कार्यक्रम संचालन गरिनेछ ।
८२) लघु उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुको बजारीकरणमा जोड दिइनेछ साथै कोसेली घरको अवधारणालाई कार्यान्वयन तथा संचालनमा ल्याउनको लागि विशेष पहल गरिनेछ ।
८३) पर्यटन प्रवर्द्धनको लागि पुराना होमस्टेहरुको प्रवर्द्दन तथा नयाँ होमस्टेहरु स्थापना गरिनेछ ।
८४) लक्षित वर्गहरु तथा गरिब घरधुरी पहिचान गरि विभिन्न सीपमूलक तथा आय आर्जनमूलक तालिम मार्फत आर्थिक अवस्था सुधार गर्नमा जोड दिइनेछ ।
८५) लघु उद्यम विकासको मोडल अवलम्वन गरी लघु ,घरेलु तथा साना उद्यमको विकासमा जोड दिइनेछ।
नगरसभा सदस्यज्यूहरु,
(ञ) पर्यटन विकास तथा प्रवर्द्धन तर्फ
८६) कुश्मा नगरपालिकालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नका लागि नगरभित्र रहेका प्राकृतिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक, पर्यटकीय स्थलहरुको राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा प्रचार प्रसार गरी पर्यटन व्यवसायलाई नगरको समृद्धिको प्रमुख आधार बनाइनेछ ।
८७) अनुपम प्राकृतिक सौन्दर्यको रुपमा रहेको कुश्मा नगरमा साहसिक पर्यटन वञ्जिजम्प, जिपलाईन, काइकिङ, क्यानोनिङ, र्र्याफ्टिङ्ग, रक क्लाइम्विङ, लगायतका गतिविधि प्रवर्द्धनमा निजी क्षेत्रसँग समन्वय गरी उत्कृष्ट प्रर्यटकीय गन्तब्यको रुपमा स्थापित गरी पर्यटकको बसाई अवधि लम्बाउन पहल गरिनेछ ।
८८) कुश्मा नगरपालिका वडा नं। १ को शहश्रधारा, वडा नं। ७ को भालेश्वर मन्दिर, जलेश्वर मन्दिर, वडा नं। ८ को रुद्धेश्वर र लालेश्वर मन्दिर र गुफा, गलेश्वर महादेव मन्दिर, वडा नं। २ को चन्देश्वर, लक्ष्मी नारायण मन्दिर, सत्यनारायण मन्दिर, राधाकृष्ण मन्दिर वृन्दावन धाम, वडा नं। ९ मा रहेको अलपेश्वर गुफामा थप भौतिक पूर्वाधार निर्माण गरिनेछ ।
८९) कुश्मा नगरपालिका वडा नं ५ को नेपाल पार्क, वडा नं। ११ मा रहेको पाखाथर पार्क, कुश्मा नगरपालिका ३ मा रहेको मुखिया डाँडा पार्कमा भौतिक संरचनाहरुको निर्माण गरिनेछ ।
९०) अल्पसंख्यक जातीको रुपमा रहेको कुमाल जातीको कला, भाषा संस्कृति र सभ्यताको संरक्षण गर्नका लागि कुमाल सामुदायिक भवन निर्माण गरिनेछ ।
९१) नगर क्षेत्रभित्र रहेका दोर्जे, ग्यम्पो छोलिंग, आनन्द गुम्बा, गोपाङघाट गुम्बा संरक्षण तथा सम्वर्द्धन गरिनेछ ।
९२) विश्वको एकमात्र शालग्राम शीला पाईने पवित्र कालीगण्डकी नदीको संरक्षणका लागि सरोकारवाला संघ संस्था एवम् अभियन्ताहरु सँग आवश्यक परामर्श गरी दीर्घकालीन रणनीति तय गरिनेछ ।
९३) कुश्मा नगरपालिका वडा नं। ४ मा निर्माणाधिन गुप्तेश्वर पर्यटन प्रवर्द्धन केन्द्र निर्माणकार्यलाई निरन्तरता दिइनेछ ।
९४) कुश्मा नगरपालिका क्षेत्रभित्र रहेका धार्मिक तथा साँस्कृतिक स्थलहरु सहस्रधारा दिव्यधाम, पार्वती गुफा, दुर्लुङकोट, गुप्तेश्वर गुफा, मोदीवेणी धाम, शिलावय मन्दिर, लालेश्वर, मन्दिर विष्णुवाटिका, अलपेश्वर गुफा, राम मन्दिर, बाटुलेचौर कालिका मन्दिर, पञ्चासेधाम सुदामा मन्दिरलाई धार्मिक तथा पर्यटकीय गन्तब्यको रुपमा विकास गरिनेछ ।
९५) कालीगण्डकी नदीको जलयात्रालाई पर्यटन उद्योगको रुपमा विकास एवं व्यवस्थित गर्न पहल गरिनेछ ।
९६) वडा नं। ४ मा निर्माणाधिन गुप्तेश्वर पर्यटन प्रवर्द्धन केन्द निर्माणको कार्यलाई निरन्तरता दिइनेछ।
९७) कुश्मा नगरपालिका वडा नं। ७ गोदाम टुंडिखेलमा मन्दिर, पार्क निर्माण कार्य अगाडि बढाइनेछ।
९८) ज्ञादी खौला भुमेकोट, जुम्लीथान, राजदरवार क्षेत्रलाई धार्मीक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने नीति लिईनेछ ।
९९) वडा नं। ५ मा रहेको वडगाउँ चउरमा रहेको खेल मैदानलाई स्तरोन्नती गरिनेछ ।
१००) वडा नं १२ ठूलिपोखरी सुईतेको डिलदेखि बाटुलेचौर जाने बाटो स्तोरन्नती गरिनेछ ।
नगरसभा सदस्यज्यूहरु,
(ट) श्रम रोजगार तथा सीप विकासतर्फ
१०१) रोजगारी सिर्जनामा वृद्धि गर्न रोजगारदाताको पहिचान, बेरोजगार तथा अर्धबेरोजगारको तथ्यांक संकलन गरिनेछ। रोजगार सेवा केन्द्रको सुदृढीकरण तथा सीप विकास, उद्यमशीलता र श्रम सम्बन्धी सेवाहरूलाई एकीकृत रुपमा प्रभावकारी बनाइनेछ।
१०२) श्रमिकहरूको दक्षता वृद्धि गर्न घरेलु तथा साना उद्योगसँग सहकार्यमा तालिम, पुनर्ताजगी कार्यक्रम, महिला लक्षित तयारी क्लब, रोजगार संवाद मञ्च सञ्चालन गरिनेछ।
१०३) सम्भावित रोजगारदाता र बेरोजगार व्यक्तिहरूबीच श्रम सम्बन्ध स्थापना गर्न र स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न कुश्मा नगरपालिकाको रोजगार कार्यक्रम सञ्चालन गरिनेछ।
नगरसभा सदस्य ज्यूहरु,
(ठ) शिक्षा, युवा तथा खेलकूद विकासतर्फ
१०४) जीवनोपयोगी, आधुनिक, व्यावसायिक एवं प्रविधियुक्त शिक्षामा जोड दिई सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार गरिनेछ।
१०५) विद्यालय अनुगमन कार्यलाई सक्रिय बनाई अनुगमन प्रतिवेदनको आधारमा नगरपालिकाभित्र रहेका विद्यालयहरुलाई विद्यार्थी संख्याका आधारम कक्षा घटाउने तथा मर्ज गर्ने नीति लिइनेछ ।
१०६) विद्यालयमा अध्ययनरत छात्रा महिनावारी हुँदा अनुपस्थित रहने अवस्था हटाउन घर परिवार र छात्रालाई विशेष जनचेतना कार्यक्रम ल्याइनेछ भने छात्राहरुलाई प्रोत्साहन गर्न एवं विद्यालयमा नियमितता बढाउनको लागि सेनेटरी प्याड वितरण गर्ने कार्यक्रमलाई आगामी आर्थिक बर्षमा पनि निरन्तरता दिइनेछ ।
१०७) प्राविधिक धारका विद्यालयलाई आवश्यक सहयोग उपलब्ध गराइनेछ।
१०८) विगत वर्षदेखि सञ्चलनमा रहेको विद्यार्थी प्रतिभा पहिचान कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
१०९) सवै विद्यालयमा ईमेल, इन्टरनेट जडान गरी विद्यालयलाई सूचना प्रविधिमैत्री बनाउने नीति लिईनेछ।
११०) विद्यार्थीहरुलाई विद्यालयमा नियमित रुपमा उपस्थित गराउन, पठनपाठनमा निरन्तर अभिप्रेरित गर्न र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि बालबिकास कक्षा देखि कक्षा ५ सम्मका सवै सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई विगत देखि दिदै आएको दिवा खाजा कार्यक्रमलाइ निरन्तरता दिइनेछ।
१११) प्रारम्भिक बालविकास केन्द्र, विद्यालय कर्मचारी र सहयोगीको तलब भत्तामा विगत बर्षमा दिइदै आएको थप रकमलाई निरन्तरता दिइनेछ ।
११२) शैक्षिक व्यवस्थापन सूचना प्रणाली भ्ःक्ष्क् लाई थप व्यवस्थित र प्रभावकारी बनाइनेछ । सवै प्रकारका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई यस प्रणालीमा अनिवार्य आवद्ध हुनुपर्ने व्यवस्था मिलाइनेछ । यसका लागि शिक्षकहरुलाई आवश्यक तालिम तथा प्रशिक्षण दिने नीति लिइनेछ
११३) नगरपालिका भर एकै प्रकारको परीक्षा सञ्चालनको लागि कक्षा ३ देखी ११ सम्म विद्यालयस्तरमा लिइने वार्षिक परीक्षा नगरपालिकास्तरमा सञ्चालन गर्ने नीति लिइनेछ ।
११४) गुप्तेश्वर वेद वेदाङ्ग सस्कृत पाठशाला विशेष प्राथमिकता दिईनेछ ।
नगरसभाका सदस्यज्यूहरु,
(ड) स्वास्थ्य सेवातर्फ
११५) ज्येष्ठ नागरिकसम्म स्वास्थ्य सेवाको पहुँच बढाउनको लागि घर घरमा स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्यकर्मीको परिचालन गरिनेछ ।
११६) मातृशिशु स्वास्थ्य सेवा प्रवर्द्धनको लागि सुत्केरी पोषण प्रोत्साहन कार्यलाई निरन्तरता दिइनेछ।
११७) लागुऔषध दुर्व्यसनी रोकथाम, आत्महत्या निरुत्साहन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना जगाउन किशोरकिशोरी कार्यक्रम संचालन गरिनेछ ।
११८) गर्भवती महिलालाई क्याल्सियम, फोलिक एसिड, शिशुहरुलाई बालभिटा, शिघ्र कुपोषित बच्चालाई उपचारको व्यवस्था गरिनेछ ।
११९) मातृ तथा शिशुमृत्युदर न्युनीकरणका लागि ग्रामीण अल्ट्रा साउन्ड कार्यक्रमलाई घुम्ती सेवाको रुपमा सम्पूर्ण वडाहरुमा सन्चालन गरिनेछ ।
१२०) संघीय सरकार, प्रदेश सरकार तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संघ संघ संस्थासंग समन्वय गरी प्रतिकारात्मक स्वास्थ्य सेवा संचालन गर्नको लागि हाल जिभाय नेपालद्धारा संचालन गरेको विद्यालय मुख स्वास्थ्य कार्यक्रमलाई सम्पूर्ण वडाको विद्यालयमा संचालन गर्ने नीति लिईनेछ ।
१२१) नसर्ने रोग व्यवस्थापनको लागि कुश्मा नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरुमा संचालन भईरहेको स्क्रिनिङ सिविर कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
१२२) स्वास्थ्य संस्थामा निस् शुल्क वितरण गरिने नेपाल सरकारले तोकेको ९८ प्रकारका औषधीहरु समयमा नै उपलब्ध गराईनेछ ।
१२३) सबै स्वास्थ्य संस्थालाई प्रविधिमैत्री बनाउनको लागि भीक्ष्ःक्, भ्ज्क्, म्ज्क्ष्क् प्रविधि लागु गरिनेछ । साथै नेपाल सरकारले सो प्रयोजनका लागि उपयोगमा ल्याउन लागेको फेमिलि हेल्थ प्रोफाईल कार्यक्रम अगाडि बढाइनेछ ।
१२४) स्वास्थ्यकर्मीहरुलाई प्रविधिमैत्री बनाई पेपरलेस प्रविधिद्धारा सेवा प्रवाहका लागि आवश्यक पर्ने सीपमुलक तालिम संचालन गरिनेछ ।
१२५) स्वास्थ्य संस्थाको सेवालाई गुणस्तरीय बनाउनको लागि न्यूनतम सेवा मापदण्ड कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
१२६) यसै वर्ष वडा नं। १२ ठूलिपोखरीमा रहेको ठूलिपोखरी प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरी १० बेडेड नगर अस्पताल घोषणा गर्दछु ।
१२७) बालबालिका, किशोरकिशोरी र सुनौला हजार दिन भित्रका आमा र बच्चालाई पोषण सुधारका लागि बहुक्षेत्रीय पोषण प्रवर्द्धन कार्यक्रमलाई प्रभावकारी रुपका अगाडि बढाइनेछ ।
१२८) सम्पूर्ण नगरबासीलाई आधारभूत स्वास्थ्य सेवाको पहुँचमा ल्याउनको लागि वडा नं। २, ३ र १४ मा प्रस्तावित शहरी स्वास्थ्य केन्द्रलाई सञ्चालन गरिनेछ ।
१२९) कुश्मा नगरपालिका अन्तरगत वडा नं। ५ मा रहेको नागरिक आरोग्य केन्द्रलाई व्यवस्थापन गरी आयूर्वेदिक सेवालाई बिस्तार गरिनेछ ।
१३०) बिगत २ वर्ष देखि संचालित क्षयरोग मुक्त कुश्मा नगरलाई जनशक्ति सहित अझै सशक्त र प्रभावकारी रुपमा संचालन गरी क्षयरोगको बिरामीको खोजपड्ताल र उपचारको दायरामा ल्याईनेछ ।
१३१) एक स्वास्थ्यकर्मी एक विद्यालय एक स्वास्थ्य शिक्षा कार्यक्रम कार्यान्वयनमा ल्याईनेछ ।
१३२) म स्वास्थ मेरो समुदाय स्वस्थ कार्यक्रमलाई कार्यान्वयनमा ल्याईनेछ ।
१३३) नसर्ने रोगको प्रकोप न्युनीकरण कार्यक्रम संचालन गरिनेछ ।
१३४) कडा रोगीहरुको लागि मृर्गौला प्रत्यारोपण, डायलायसिस क्यान्सर र मेरुदण्डको पक्षघात भएका बिरामीहरुलाई उपलब्ध गराउँदै आएको औषधीउपचार खर्चलाई निरन्तरता दिईनेछ ।
१३५) चुवा र दुर्लुङ्ग स्वास्थ्य चौकी भवन निर्माण कार्य सम्पन्न गरिनेछ ।
१३६) लागु पदार्थको दुर्व्यसन, मादक पदार्थ सेवन, धूम्रपान जस्ता समस्यालाई न्युनीकरण गर्नका लागि प्रहरी प्रशासन व्यवसायीसंग समन्वय गरी नियन्त्रण तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।
१३७) वडा नं २ मा सञ्चालित बिमा साझेदारी कार्यक्रम र जेष्ठ नागरिकसंग स्वास्थ्यकर्मी घरदैलो कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
नगरसभा सदस्यज्यूहरु,
(ढ) लैङ्गिक समानता तथा सामाजिक समावेशिकरणतर्फ
१३८) महिला सशक्तिकरण मार्फत् हरेक क्षेत्रमा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै लैंगिक मुलप्रवाहीकरण तथा सारभूत लैङ्गिक समानताका कार्यक्रम सञ्चालन गरिनेछ । साथै सो सम्बद्ध विविध दिवसहरु मनाउने कार्यलाई निरन्तरता दिईनेछ ।
१३९) आर्थिक सामाजिक सांस्कृतिक रुपले पछाडि परेका वर्गको हितको लागि संरक्षणमुलक कार्यक्रम संचालन गरिनेछ ।
१४०) बालमैत्री स्थानीय तह कार्यान्वयन गरिनेछ ।
१४१) दलित, जनजाति, अल्पसंख्यक र सीमान्तकृत वर्गको परम्परागत ज्ञान, सीप, कला, पेशा एवं व्यवसायलाई संरक्षण र आधुनिकीकरण गरिदै लगिनेछ ।
१४२) लैङ्गिक हिंसामुक्त स्थानीय तह घोषणा गर्न ठोस योजना बनाई कार्यान्वयन गरिनेछ । हिंसा प्रभावित व्यक्तिहरुलाई पारिवारिक सामुदायिक पुनर्मिलन र पुनः स्थापनाका लागि अल्पकालिन आश्रय ९सेफ हाउस० स्थलको स्थापना तथा संचालन कार्यलाई निरन्तरता दिईनेछ ।
१४३) उत्पादनशिल क्षेत्रमा महिला सहभागिता तथा उद्यमशिलता अभिवृद्धी गरी स्वरोजगार सुनिश्चतता गरिनेछ
१४४) ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सीप, क्षमता र अनुभवलाई युवा पुस्तामा हस्तान्तरण गर्नका लागि अन्तरपुस्ता सीप हस्तान्तरण कार्यक्रम संचालन गरिनेछ । ज्येष्ठ नागरिकको जीवनयापन सहज बनाउनका लागि ज्येष्ठ नागरिक विश्राम गृह, दिवा सेवा केन्द्र, मिलन केन्द्र स्थापना तथा संचालन कार्यलाई निरन्तरता दिईनेछ ।
१४५) ब्रेललिपी तथा दोभाषे र साङकेतिक भाषाको विकासमा विशेष जोड दिईनेछ ।
१४६) अपाङ्गता भएका व्यक्तिहरुको अधिकार संरक्षण, प्रवर्द्धन तथा सशक्तिकरणका लागि समुदायमा आधारित पुनस् स्थापना कार्यक्रम सञ्चालन गरिनेछ ।
नगरसभा सदस्यज्यूहरु,
(ण) सामाजिक सुरक्षा तथा पञ्जिकरणतर्फ
१४७) सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको बायोम्याट्रिक भेरिफिकेसनको लागि अनिवार्य गरिएको राष्ट्रिय परिचय पत्रको लागि जिल्ला प्रशासन कार्यालयमा समन्वय गरि लाभग्राहीहरुलाई सहजीकरण गरिनेछ ।
१४८) प्रत्येक वर्षको श्रावण र भदौ महिनामा गरिने सामाजिक सुरक्षा भत्ता नवीकरणलाई प्रचार प्रसारको माध्यमबाट सूचना प्रवाह गरि नवीकरण गरिनेछ ।
१४९) सामाजिक सुरक्षा भत्ता तथा व्यक्तिगत घटना दर्ता कार्यक्रमलाई थप प्रभावकारी बनाईनेछ ।
१५०) सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता सम्बन्धि प्रत्येक वडामा अभिमुखिकरण तथा क्षमता विकास कार्यक्रम सञ्चालन गरीने छ ।
१५१) वडा नं। २ मा सञ्चालित बच्चा जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गरेमा सुत्केरी पोषण प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
नगरसभा सदस्यज्यूहरु,
(त) सुरक्षित आप्रवासन कार्यक्रम तर्फ
१५२) आप्रवासी कामदार तथा तिनीहरूको परिवारको अधिकारको सुनिश्चित गर्ने नीति लिईने छ । जसको लागि संघ तथा प्रदेश सरकारसँगको समन्वय तथा लागत साझेदारीमा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सूचना प्रवाह, सीप अभिवृद्धि, मनोसामाजिक परामर्श र वित्तीय साक्षरता लगायतका सेवाहरु प्रवाह गरीनेछ ।
१५३) स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न स्वरोजगार तथा रोजगारमुलक कार्यक्रमहरू सञ्चालन गरीने छ । उक्त कार्यक्रमहरूमा वैदेशिक रोजगारीबाट फर्केका आप्रवासी कामदारहरूको पहुँच सुनिश्चित गरीने छ । जसको लागि वैदेशिक रोजगारीबाट फर्केका आप्रवासी कामदार तथा तिनका परिवारहरुलाई उद्यम स्थापना गर्न सहूलियत ऋण एवं सीप तालिम लगायतका सहयोग प्रदान गर्नुका साथै सम्बन्धित कार्यक्रम तथा निकायहरुसँग पनि समन्वयात्मक तवरबाट सेवा प्रवाह गर्ने नीति लिईनेछ ।
१५४) सुरक्षित आप्रवासन कार्यक्रमलाई नगरस्तरबाट समेत वित्तिय साझेदारी गरी थप प्रभावकारी रुपमा कार्यान्यवन गरिनेछ ।
नगरसभा सदस्यज्यूहरु,
(थ) पूर्वाधार विकास तर्फ
१५५) पक्की सडक नपुगेका वडाहरुमा यसै आ। व। मा पक्की सडक पुर्याईने नीति लिईनेछ ।नगरभित्रका मूख्य सडकहरु प्राथमिकतामा राखी सडक स्तरोन्नति गरिनेछ ।
१५६) वडा नं १ र वडा नं। ८ को प्रशासकीय भवन निर्माण कार्य सम्पन्न गरिनेछ।
१५७) वडा नं। ज्ञण्, वडा नं। १२ को प्रशासकीय भवन निर्माणको कार्य अगाडि बढाइनेछ ।
१५८) संघीय सरकारबाट आ।व। २०८२र०८३ का लागि समपुरक अनुदानमा प्राप्त भएको थानपति छिपछिपे कोटगाँउ सडक र संघीय सरकार विशेष अनुदान कुश्मा नगरपालिका वडा १३ को एक घर एक धारा निर्माण कार्यलाई अगाडि बढाइनेछ ।
१५९) कुश्मा नगरपालिका वडा नं। ९ चाँचरीचोक भारतिखोर लाम्पाटा सडक स्तरोन्नती, वडा नं। ५ आदर्श स्कुलदेखि पुरानो बजार जोड्ने सडक, वडा नं। ११ अम्वोट ओकादीखोला सडक स्तारोन्नती, वडा नं। ७ कुश्मा बसपार्क अग्लो पुल फलामखानी सडक भौतिक निर्माणको कार्यलाई अगाडि बढाइनेछ ।
१६०) कुश्मा नगरपालिका वडा नं। १ अन्तर्गत पाङ गाउँ – स्वामिको रुख – मरेपिपल – सिम्ले( केटीचौर सडक स्तरोन्नती कार्यलाई निरन्तरता दिइनेछ ।
१६१) जिरो कि।मि। देखि गोदाम सडकलाई स्तरोन्नति गरिनेछ ।
१६२) कुश्मा नगरपालिका वडा नं। ८ अन्तर्गत चुवा चक्रपथ सडक स्तरोन्नती र चुवा स्वास्थ्य चौकी निर्माण कार्यलाई निरन्तरता दिइनेछ ।
१६३) कुश्मा नगरपालिका वडा नं। २ मा रहेको ठाडो डहर( पौडेलथर बास्तोलाथर( ठाँटी तिलारी सिचाँइ कुलो निर्माणको कार्यलाई अगाडि बढाइ उत्पादनमा वृद्धि गर्ने नीति अवलम्वन गरिनेछ।
१६४) वडा नं ६ मा रहेको ईनार र वडा नं।१२ मा रहेको ठूलीपोखरीलाई संरक्षण गरिने नीति लिईनेछ।
नगरसभा सदस्यज्यूहरु,
(द) वन, वातावरण, विपद् जोखिम तथा फोहोरमैला व्यवस्थापनतर्फ
१६५) संघ सरकार र प्रदेश सरकारको समन्वयमा जोखिममा परेका बस्तीहरुको पहिचान गरी त्यस्ता बस्तीहरुको संरक्षण तथा बस्ती स्थानान्तरण लगायतका उपयुक्त व्यवस्था गर्नको लागि अध्ययन, अनुसन्धान, योजना तथा कार्यक्रम निर्माण, बजेट तथा स्रोत साधनको व्यवस्था गरिनेछ ।
१६६) विपदबाट हुन सक्ने जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि विपद् व्यवस्थापन कोष सम्बन्धी कार्यविधि बनाई लागु गरिनेछ । साथै विपदवाट प्रभावित व्यक्तिलाई प्रदान गरिने राहत वितरणलाई छिटो, छरितो, चुस्त र प्रभावकारी बनाइनेछ ।
१६७) विपदबाट सर्वसाधारणको जिउज्यान, सार्वजनिक निजी तथा व्यक्तिगत सम्पत्ति, प्राकृतिक तथा सांस्कृतिक सम्पदा र भौतिक संरचनाको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो । विपद्का घटनाहरु घट्न नदिन तथा विपद् न्यूनीकरणका लागि विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना सम्बन्धी विभिन्न कार्यहरु संचालन गरिनेछ ।
१६८) विपदजन्य घटनाको रोकथाम तथा न्यूनीकरणका लागि विपद् सचेतना कार्यक्रम सञ्चालन गरिनेछ।
१६९) विपद् पूर्व तयारी तथा विपद् पश्चात तत्काल राहत उद्धार र पुनस्थापनाका लागि नगर विपद् व्यवस्थापन समिति र वडा विपद् व्यवस्थापन समितिलाई क्रियाशिल बनाइनेछ ।साथै विपदका घटनाहरुको तत्काल जानकारी दिनका लागि प्रत्येक वडामा विपद् सूचकको विवरण तयार गरिनेछ ।
१७०) संघ प्रदेश र स्थानीय तहको लागत साझेदारीमा मनसुनजन्य विपद् तथा आगलागीजन्य विपदबाट प्रभावित निजी घररआवासको पुननिर्माण र पुनस्थापना गर्ने कार्यलाई निरन्तरता दिइनेछ।
१७१) प्राकृतिक स्रोत तथा जल व्यवस्थापन गर्न प्राकृतिक पोखरी, कुवा, मूल र इनारको संरक्षणका लागि विशेष नीति लिइनेछ।वर्षातको पानी संकलन र घरेलु फोहोर पानीको प्रशोधन प्रवर्द्धन गरिने तथा जलस्रोत प्रदूषणप्रति शून्य सहनशीलता अवलम्बन गरिनेछ।
१७२) विपद् जोखिम न्यूनीकरण र प्रतिकार्य योजना निर्माण गर्न अति जोखिमयुक्त क्षेत्रको अध्ययन गरी कार्ययोजना तयार पारिनेछ च्बउष्म च्भकउयलकभ त्भबm निर्माण गरी २४ सै घण्टा परिचालन गरिनेछ र विपद् उत्थानशील समाज निर्माणका लागि प्रतिकार्य योजना बनाई विपद् व्यवस्थापन केन्द्र स्थापना गर्न पहल गरिनेछ।
१७३) वडा नं। ३ को दुर्लुङ्ग पहिरो, वडा नं। ४ मा रहेको गजौटे पहिरो र वडा नं १३ मा रहेको विरौटा पहिरो नियन्त्रणका लागि आवश्यक पहल गरिनेछ ।
१७४) धार्मिक तथा प्राकृतिक स्थलहरूको संरक्षणमा विशेष पहल गरिनेछ। फोहोरमैला स्रोतमै वर्गीकरण, पुनप्रयोग, पुनःचक्रण र कम्पोस्ट प्रणालीमा जनचेतना अभिबृद्धि गरि कुश्मा बजार लगायत क्षेत्रहरूमा फोहोर व्यवस्थापनलाई चुस्त बनाइनेछ।
१७५) कुश्मा नगरपालिकाको निजी वन व्यवस्थापन कार्यविधिलाई समायनुकुल संसोधन गरि, नागरिकको निजी वनलाई उद्यमको रुपमा संचालन गर्न पहल गरिनेछ। निजि जग्गा भित्रका काठ पैदावरलाई सहज सरल र कम झन्झटीलो रुपमा पैठारीको व्यवस्था गरिनेछ।
१७६) कुश्मा नगरक्षेत्रलाई स्वच्छ, सुन्दर र सफा बनाउन दैनिक संकलन हुँदै आएको कुहिने र नकुहिने फोहोरलाई थप प्रभावकारी तवरबाट संकलन गरिनेछ ।
१७७) हाल फोहोर संकलन गरिएको ीबलम ँष्भमि क्ष्मभ मा कुहिने र नकुहिने फोहोरलाई प्रशोधन गरि पुनः प्रयोगमा ल्याउनको लागि संभाव्यता अध्ययन गरि आवश्यक प्रक्रिया अगाडि बढाइनेछ ।
१७८) कुहिने फोहोरलाई घरमा नै व्यस्थित गर्नको लागि कम्पोस्ट मल तयार गर्न आवश्यक तालिम दिई कौशी खेतीलाई प्रोत्साहन गरिनेछ ।
१७९) प्रत्येक वडामा फोहोर व्यवस्थापन समिति गठन गरि निश्चित ठाउँमा संकलन केन्द्र बनाई मासिक रुपमा नकुहिने फोहोर संकलन गरिने छ।
नगरसभाका सदस्यज्यूहरु,
यस गरिमामय सभामा पेश भएको नीति तथा कार्यकमबाट आगामी आर्थिक वर्ष २०८२र०८३ को बजेटलाई समेत मार्ग निर्देशन प्राप्त भई यहि सभामा पेश हुनेछ।
यस गरिमामय सभामा पेश भएको नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्न मार्गदर्शन गर्ने एवं सुझाव तथा पृष्ठपोषण गर्नुहुने नेपाल सरकार, गण्डकी प्रदेश सरकार, विकास साझेदार, नगरमा क्रियाशिल राजनीतिक दल र नीति तथा कार्यक्रमलाई बजेटसँग तादम्यता गर्दै व्यवहारिक र वस्तुपरक नीति छनोटमा सहयोग गर्नुहुने नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, विषयगत समितिका संयोजकहरु, वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु तथा नगरसभाका सदस्यहरु, कुश्मा नगरपालिकाका सम्पूर्ण राष्ट्र सेवक कर्मचारीहरु लगायत संचारकर्मी, नागरिक समाज, निजीक्षेत्र, सहकारी तथा सामुदायिक संघ, संस्था र नगरवासी सम्पूर्ण आमाबुबा दाजुभाई तथा दिदी बहिनीहरुमा हार्दिक आभार व्यक्त गर्दै नगरवासीको तमाम अपेक्षा र चाहनाको प्रतिविम्ब हुने गरि नागरिकको सबैभन्दा नजिकको अभिभावक र सरकारको भुमिका निर्वाह गर्ने दिशामा नगरबासी र सम्पूर्ण सरोकारवाला निकायबाट भएको साथ, सहयोग, सहकार्य र समन्वयका लागि हार्दिक धन्यवाद प्रकट गर्दछु । आगामी दिनमा पनि यहाँहरुको निरन्तर सहयोग रहने छ भन्ने विश्वास व्यक्त गर्दछु।
Print
कुश्मा नगर प्रमुख रामचन्द्र जोशीद्धारा नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रमको पूर्णपाठ



