Print

विहादीले सार्वजनिक ग¥यो कार्यपालिका वैठकमा सहमती नजुटेका विषयहरु


५ असार, पर्वत । स्थानीय तहमा राजनैतिक किचलो हुँदा कतिपय निर्णयहरु हुन सकिरहेका छैनन् । विशेष गरी पर्वत जिल्लाका ७ वटा पालिकाहरुमा बेला बखत जनप्रतिनिधिहरुको बेमेलका कारण कार्यपालिका र गाउँसभाहरु प्रभावित हुने गरेका छन् । केहि समय अघि जिल्लाको जलजला गाउँपालिकामा गाउँ सभाको विषयमा जनप्रतिनिधिह तोडफोडमा समेत उत्रिएका थिए । उता फलेवास नगरपालिकामा भने कार्यपालिका माइच्युट नै एमालेका जनप्रतिनिधिहरुले कब्जामा लिएर कार्यालयबाट निस्किएका थिए । कुश्मा नगरपालिकामा पहिलो कार्यकाल देखिकै जनप्रतिनिधिहरुको बेमेलका कारण प्रत्येक बर्ष कार्यपालिका वैठक र नगरसभा प्रभावित हुँदै आएको छ ।

विशेषगरी नेकपा (एमाले)बाट निर्वाचित जनप्रतिनिधिहरुले संघीय सरकारको प्रतिनिधि सभाको अभ्यास गाउँपालिका तथा नगरपालिकाहरुमा गर्ने गरेका छन् । दलको नेता, उप नेता, प्रमुख सचेतक र सचेतक बनाएर कार्यपालिका र गाउँ सभाहरुमा आफ्ना मत जाएर गर्दा वैठकहरु प्रभावित हुने गरेका छन् । जिल्लाका सवै पालिकाहरुमा एमालेको गाउँ सभा तथा नगरसभाहरुमा बहुमत रहेको छ ।

एमालेले बहुमतको निर्णय नगरप्रमुख र अध्यक्षले मान्नुपर्ने दावी गर्ने गर्दछ भने नगरप्रमुख वा पालिका अध्यक्षहरुले स्थानीय तहमा बहुमत र अल्पमतका आधारमा निर्णय नहुने बताउने गरेका छन् । बहुमत जनप्रतिनिधिहरुको चाहना विपरितका निर्णयहरु पालिकाहरुमा नहुने र निर्णय गर्न संख्यात्मक हिसावले बहुमतको संख्या चाहिने भएका कारण पनि जिल्लाका अधिकांश स्थानहरुमा जनप्रतिनिधिहरु वीच बेमेल हुने गरेको छ ।

यहि वीचमा बिहादी गाउँपालिकाको कार्यपालिका वैठकमा सहमति नभएका विषयहरु गाउँपालिकाले सार्वजनिक गरेको छ । गाउँपालिका परविन अध्यक्षद्धारा जारी वैठक आब्हान सम्बन्धि सुचनामा कृषि शाखाको प्रस्तावित बजेट अन्तर्गत भूमि वैंक साझेदारी कार्यक्रम र आइपिएम कार्यक्रम तथा योजना शाखाको प्रस्तावित बजेट अन्तर्गत एम्बुलेन्स खरिदमा सहमती नजुटेको उल्लेख गरिएको छ ।

यसैगरी पशु विकास शाखाको अन्तर्गत सक्रिय सहकारी, संघ संस्था, आमा समूहलाई डिप फ्रिज ५० प्रतिशत अनुदान, महिला बालबालिका शाखाको बजेटमा समेत सहमति नभएको अध्यक्ष गुरुङद्धारा जारी सुचनामा उल्लेख गरिएको छ ।

गुरुङले कार्यपालिकामा सहमति जुटाउनका लागि असार ६ गते वैठक आब्हान गर्नुभएको छ । गुरुङले यस अघि नै भूमि वैंकको अवधारणामा गाउँपालिका भित्र खाली रहेको जग्गाको प्रयोग गर्ने नीति बिहादी गाउँपालिकाले अघि सार्नुपर्ने धारणा राख्दै आउनुभएको थियो ।

वैठकमा गाउँपालिकाको २६ औं बैठकमा सहमती नजुटेपछि शुक्रबार २७ औं कार्यपालिका वैठक अध्यक्ष गुरुङले आब्हान गर्नुभएको हो । यस अघि गाउँपालिकाले आगामी असार ९ गते गाउँ सभा मार्फत बजेट नीति तथा कार्यक्रम ल्याउने गरी कार्यपालिका सार्वजनिक गरीसकेको छ ।