८ वैशाख, पर्वत । जिल्लाको कुश्मा नगरपालिकाले उपभोक्ता समितिका पदाधिकारीहरुलाई समितिका काम, कर्तब्य र अधिकारका बिषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । नगर भित्रका सवै वडाहरुमा गठन भएका चालु आर्थिक बर्षका विभिन्न आयोजनहरुका उपभोक्ता समितिहरुलाई अभिमुखीकरण कार्यक्रमको कुश्मा नगरपालिकाले आयोजना गरेकोहो ।
सोमबार कुश्मा नगरपालिका डा न २ खुर्कोटमा आयोजीत अभिमुखीकरण कार्यक्रममा कुश्मा नगरपालिकाका योजना शाखा प्रमुख देवी पौडेल र टेकबहादुर परियारले समितिका पदाधिकारीहरुलाई अभिमुखीकरण गर्नुभएको थियो । उपभोक्ता समिति गठन, समितिले गर्ने कामहरु र योजनाको बिल भरपाई, योजना फछ्यौटका विषयमा उक्त अवसरमय अमिुखीकरण गरिएको हो । कार्यक्रममा विभिन्न उपभोक्ता समितिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

नगरपालिकाले उपभोक्ता समिति मार्फत सञ्चालन गर्ने आयोजनाहरुमा उपभोक्ता समितिले कतिपय प्रक्रियाको जानकारी नपाएका कारण झन्झट ब्यहोर्दै आइरहेका थिए । योजना शाखा प्रमुख पौडेलले यस्तो झन्झटका कारण उपभोक्ता समितिका पदाधिकारीले दुःख नपाउन भनेर अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । योजना शाखाका परियारले योजना सम्पन्न पश्यात समितिले पेश गर्ने कागजातहरु अपुरो र अधुरो हुँदा रकम भुक्तानीमा समस्या आउने भएका कारण प्रक्रिया पुराएर आवश्यक कागजातहरु कसरी मिलाउने भन्ने विषयमा उपभोक्ता समितिलाई जानकारी दिनका लागि समेत यस्तो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

कुश्मा २ का वडा अध्यक्ष लालकृष्ण बास्तोलाले उपभोक्ता समितिले निबार्ह गर्ने जिम्मेवारीको जानकारी मात्र होइन् योजनाको गुणस्तर कायम गर्न समेत समितिको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । अध्यक्ष बास्तोलाले नगरपालिकाले महत्वपूर्ण कार्यक्रम सञ्चालन गरेको भन्दै आगामी दिनमा पनि यस्ता अभिमुखीकरण मार्फत उपभोक्ता समितिहरुको क्षमता अभिबृद्धि गरिने जानकारी दिनुभयो ।
कार्यक्रमकै अवसरमा वडा कार्यालयले प्रकाशन गरेको बार्षिक भित्तेपात्रो (क्यालेण्डर)को बिमोचन समेत गरिएको थियो ।




