Print

जलजलाको बनौमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

१८ चैत, पर्वत । पर्वतको जलजला गाउँपालिकाले आयोजना गरेको वडा स्तरीय सार्वजनिक सुनुवाईको पहिलो दिन आइतबार ९ नम्बर वडा बनौँमा सार्वजनिक सुनुवाई कार्यक्रम सकेको छ । जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य, उपाध्यक्ष दिपक आचार्य, वडा अध्यक्ष गौ बहादुर पुर्जा, प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल र विषयगत शाखाका प्रमुखहरुको उपस्थितमा सार्वजनिक सुनुवाई सम्पन्न भएको थियो ।

लाल्टिन मिडिया प्रा.लिको सहकार्यमा सञ्चालित सार्वजनकि सुनुवाई कार्यक्रममा सहभागीहरुले वडाबाट गरिने योजना निर्माणमा सहभागी नगराइएको सम्पत्ति कर बढाएको, विद्यालयको भवन अलपत्र भएको विषयहरु उठान भएका थिए । सहभागीहरुले वडाप्रति खासै गुनासो नभएको भन्दै प्रश्न भन्दा बढी जिज्ञासा र सुझावहरु दिएका थिए ।

कार्यक्रममा सहभागी सात जनाले प्रश्न गरेका थिए । टक पुर्जा मगर, टिकाराम पुन, बम बहादु गर्बुजा, हामे बहादुर पुर्जा, लामाया फगामी पुर्जा, मैनाकुमारी फगामी र प्रेम कुमारी थापाले वडाका र समसामायिक विषयहरुमा प्रश्न गरेका थिए । वडाका सचिव रामप्रसाद रिजालले वडाबाट २०८१ / ८२ मा भएको कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सहभागीहरुले उठाएका प्रश्न र जलजला गाउँपालिकाका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले दिएको जवाफ सुन्नलाई लाल्टिन टिभीको फेसबुक पेजमा राखिएको पुरा भिडियो हेर्नका लागि अनुरोध सँगै सोमबार अर्थात आज १८ गते सार्वजनिक सुनुवाई कार्यक्रम वडा नम्बर ८ नाङलीवाङमा सञ्चालन हुन