Print

पर्वतका माओवादी नेताहरु हमाल र कुँवर पदमुक्त

२८ माघ, पर्वत । नेकपा (माओवादी केन्द्र)ले कतिपय केन्द्रीय सदस्य र वैकल्पिक केन्द्रीय सदस्यलाई जिम्मेवारी हटाएको छ भने कतिपयलाई थप गरेको छ ।

केहि दिन अघि बसेको केन्द्रीय समिति बैठकले गण्डकी प्रदेशमा कार्यरत गुप्त हमाल र दिलमाया रोका निश्कृय रहेको तथा केशव कुँवर वैदेशिक रोजगारीमा रहेकाले उनीहरुलाई पदमुक्त गरिएको छ ।

यस्तै गण्डकी प्रदेश अन्तरगतका रेशमबहादुर जुग्जाली मगर (म्याग्दी), धनबहादुर बिक (बागलुङ) र मदन आले (तनहुँ)लाई वैकल्पिक केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।

यस्तै पार्टी एकता प्रक्रियाबाट जोडिएका कृष्णराज न्यौपाने ‘लब्ली’ (चितवन), बद्री तिमिल्सिना (चितवन) र खगेन्द्र छन्त्याल (बागलुङ)लाई वैकल्पिक केन्द्रीय सदस्य तथा अरुणपीडित भण्डारी (चितवन)लाई केन्द्री आयोगमा जिम्मेवारी दिइएको छ ।