Print

कांग्रेसको प्रदेश सभा ‘ख’ को क्षेत्रीय सम्मेलनको सवै तयारी पुरा

२१ माघ, पर्वत । नेपाली कांग्रेस प्रदेश क्षेत्र ‘ख’ को प्रथम सम्मेलनको सवै तयारी पुरा भएको छ । भोली हुने क्षेत्रीय सम्मेलनको सवै तयारी पुरा भएको पत्रकार सम्मेलन मार्फत क्षेत्रीय अध्यक्ष परविन गुरुङले जानकारी दिए । सम्मेलनलाई कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले सम्बोन गर्ने भएका छन् ।

पर्वतको पैयू गाउँपालिका हुवासको हातेमालो चोकमा आयोजना हुने सम्मेलनलाई ब्यवस्थित बनाउन कांग्रेस क्षेत्रीय समितिले विभिन्न उप समितिहरु मार्फत तयारी अगाडि बढाएको क्षेत्रीय कार्य समितिका अध्यक्ष तथा विहादी गाउँपालिकाका अध्यक्ष परविन गुरुङले जानकारी दिएका छन् । गुरुङका अनुसार क्षेत्रीय सम्मेलनमा क्षेत्रीय प्रतिनिधिहरुको सहभागीता रहनेछ ।

क्षेत्रीय समितिलेले पैयूको हातेमालो चोकमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आर्थिक समिति संयोजक गंगाधर तिवारीले सम्मेलनलाई कम खर्चमा भब्य बनाउन लागिएको जानकारी दिए । विहादी गाउँ कमिटिका अध्यक्ष विष्णु भुषाल, महाशिला गाउँकमिटिका अध्यक्ष उज्वल गुरुङ र पैयू गाउँ कमिटिका अध्यक्ष डम्मर बहादुर प्रधानलले सम्मेलनलाई ब्यवस्थित बनाउन सवै पालिका कमिटिले आफ्नो आफ्नो तयारी गरीरहेको पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

क्षेत्रीय सम्मेलन झण्डै ५ सय भन्दा बढि प्रतिनिधि सहभागी हुने अध्यक्ष गुरुङले जानकारी दिए । पत्रकार सम्मेलनको सञ्चालन क्षेत्रीय सचिव छविलाल तिवारीले गरेका थिए ।