Print

मोदीमा ११ सय जनाले गराए मुटु परिक्षण


१४ पुष, पर्वत । जिल्लाको मोदी गाउँपालिकामा आयोजीत मुटु परिक्षण शिविरमा ११ सय ४४ जनाले उपचार गरेका छन् । मोदी गाउँपालिका तथा मुटु जोगाउँ, काठमाण्डौंको आयोजना तथा नेपाल काड्र्रो डाइवेटिज एण्ड थाइराइड सेन्टरको प्राविधि सहयोगमा शिविरको सञ्चालन गरिएको थियो ।

बरिष्ट मुटु रोग विशेषज्ञ डा. अनिल भट्टराई सहितको टोलीले शिविरमा विरामीको उपचार गरेका थिए । २ दिनसम्म सञ्चालन भएको शिविरमा निःशुल्क मुुटु रोग सम्बन्धि परामर्श, निशुल्क इसिजि सेवा, निःशुल्क इकोको कार्डियोग्राफी तथा निशुल्क औषधि वितरण गरिएको गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले जानकारी दिइन् ।