Print

गण्डकी प्रदेशले गरयो कर्मचारीको सरुवा, पर्वतमा ३ कार्यालय प्रमुख फेरिए (सुचिसहित)


१ भदौ, पर्वत ।
गण्डकी प्रदेश सरकारले कर्मचारीको सरुवा लिष्ट सार्वजनिक गरेको छ । प्रदेशले प्रदेश मातहतका कार्यालयहरुका कर्मचारीहरुको सरुवा गरेको हो ।

मुख्यमन्त्री कार्यालयले गरेको सरुवा अनुसार पर्वत जिल्लाका लागि ३ वटा कार्यालय प्रमुख हेरफेर भएका छन् । पूर्वाधार कार्यालयमा कार्यरत प्रमुख गुरुदत्त अधिकारी भौतिक पूर्वाधार मन्त्रालयमा कामकाजका लागि सरुवा भएका छन् ।

पूर्वाधार कार्यालय पर्वतको नयाँ कार्यालय प्रमुखको जिम्मेवारी सन्तोष अर्यालले पाएका छन् । यसैगरी भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको प्रमुखमा डा. ऋषभ भट्टराई सरुवा भएर आएका छन् । उता, सामाजिक विकास कार्यालय पर्वतमा गोविन्द पौडेल भएर आएका छन् ।

सुचि