३० साउन, पर्वत । कुश्मा नगर पालिका वडा न २ खुर्कोटको साविक वडा नं ८ मा शहरी स्वास्थ्य केन्द्र निर्माण हुने भएको छ । आज एक समाहरोहका विच कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले शिल्यान्यास गर्नु भयो । कार्यक्रममा वोल्दै नगर प्रमुख जोशीले स्वास्थ्य सेवा पाउनु नागरिकको मौलिक अधिकार भएको वताउनु भयो । यस क्षेत्रमा धेरै पहिले देखि स्वस्थ्य केन्द्रको माग भएको वताउदै वडा प्राथमिकता वमोजिम नगरले सहयोग गर्नथालेको वताउनु भयो । यस शहरी स्वास्थ्य केन्द्र भवनको निर्माण पश्चात भौगोलिक रुपमा टाढा रहेका साविक ७,८ र ९ वडावासीहरुले गुणस्तरिय सेवा पाउनेमा विश्वस्त रहेको वताउनु भयो ।
कार्यक्रममा वडा नं २ का वडा अध्यक्ष लालकृष्ण शर्मा वास्तोलाले खुर्कोट भौगोलिक रुपमा उत्तर दक्षिण फैलिएको र साविक १ नम्वर वडा वाट ९ नम्वरमा पुग्नका लागी २ घण्टाको समय लाग्ने गरेको छ । चुनावको समयमा पनि धेरैले यस स्थानमा स्वास्थ्य केन्द्र माग गरेको जनाएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस पर्वतका सचिव गुप्तनिधि शर्मा, नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सदस्य गणेश वहादुर क्षेत्री,कालिका मा वि का पूर्व प्रधानध्यापक वावुराम शर्मा,वडा सदस्यहरु भिमनिधि रेग्मी,क्षत्रवहादुर क्षत्री, नगर प्रमुखका स्वकिय सचिव कुलराज पोख्रेल,चौतर्फी विकास श्रोत मन्चका अध्यक्ष कालिका प्रसाद शर्मा लगायतको उपस्थिति रहेको थियो ।
आगामी वैशाख मसान्त सम्ममा सम्पन्न हुने ४ कोठे भवनको कुल जनश्रमदान सहित लागत ३८ लाख रहेको छ । उक्त रकमको व्यवस्थापन वडा र पालिका वाट गरिएको छ ।
हाल उक्त स्थानका सामान्य विरामीहुदा पनि घण्टौ हिडेर ढाणमा रहेको स्वास्थ्य चौकीमा सेवालिन वाध्य भएका छन् । उक्त स्थान भवन निर्माण पश्चात दिने सेवाले वढिमा २० मिनेटमा सवैले सेवा प्राप्त गर्नेछन् ।
कार्यक्रम स्थानिय समाजसेवी देवनाथ शर्माले संचालन गरेको कार्यक्रममको अध्यक्षता गोलेविसाउना शहरी स्वास्थ्य केन्द्रका अध्यक्ष ठाकुर वहादुर के सी ले गर्नु भएको थियो ।
उक्त भवन निर्माणको लागी जग्गा स्वर्गिय कालिका प्रसाद उपाध्यायको संझनामा उहाकी धर्मपत्नी कुल कुमारी उपाध्यायनीले दान दिनुभएको हो । ५ आना जग्गा उहाले गोलेविसाउना शहरी स्वास्थ्य केन्द्र भवन निर्माणका लागी दिनु भएको हो ।




