Print

पर्वतमा ३७ प्रतिशत खेतीयोग्य जमिनमा मात्र सिंचाईको सुबिधा


२९ साउन, पर्वत । जिल्लाको कुल खेतीयोग्य जमिन मध्ये ३७ प्रतिशत जमिनमा मात्र सिंचाईको सुविधा पुगेको छ । कृषि ज्ञान केन्द्र पर्वतले सार्वजनिक गरेको तथ्यांक अनुसार कुल जमिनको ३७ दशमलब ५२ प्रतिशतमा मात्र सिंचाईको सुविधा पुगेको देखिन्छ ।

जिल्लामा कुल ५३ हजार ६ सय ८६ हेक्टर जमिन मध्ये २८ हजार ५ सय ९२ हेक्टर जमिन मात्र खेतीयोग्य रहेको छ । ज्ञान केन्द्रका अनुसार २४ हजार १ सय ७१ जमिनमा मात्र अहिले खेती गरिएको छ । पछिल्लो समय जमिन बाँझो राख्ने क्रम बढेर गए पनि ज्ञान केन्द्रको तथ्यांकमा भने ८ सय २३ हेक्टर क्षेत्रफलको जग्गा मात्र बाँझो देखिन्छ ।

कुल खेतीयोग्य जमिनमा ९ हजार ७० हेक्टर जमिनमा सिंचाईको सुविधा पुगेको तथ्यांक सार्वजनिक गर्दै ज्ञान केन्द्रले ६ हजार ४ सय २० हेक्टर जमिनमा बाह्ै महिना सिंचाईको सुविधा पुगेको भनेको छ । यसैगरी २ हजार ६ सय ५० हेक्टर जमिनमा मौसम अनुसारका सिंचाई सुविधा पुग्ने गरेको तथ्यांक कार्यालयसंग छ ।

यसैगरी १५ हजार १ सय १ हेक्टर जमिनमा भने सिंचाईको सुविधा नपुगेको कार्यालयले जनाएको छ ।