Print

पर्वतको कार्किनेटामा देशभरमै सवैभन्दा धेरै बर्षा

८ साउन, काठमाण्डौं । पछिल्लो ६ घण्टामा देशभरमै सबैभन्दा धेरै वर्षा भने पर्वतको कार्कीनेटामा भएको छ । जल तथा मौसम विज्ञान विभागको वर्षामापन केन्द्रको रेकर्डअनुसार कार्कीनेटामा ८५।६ लिलिमिटर वर्षा भएको छ ।

विभागका अनुसार काठमाडौंका नैकाप, सुन्दरीजल, कपन, बबरमहल र आसपास पनि भारी वर्षा भएको छ । पछिल्लो ६ घण्टामा नैकापमा ५४, सुन्दरीजलमा ५२।८, कपनमा ५२।२, बबरमहलमा ५१ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै काठमाडौंकै पानीपोखरी वर्षामापन केन्द्रमा ३०।८ मिलिमिटर वर्षा भएको रेकर्ड छ ।

त्यसैले विभागले बागमती, गौरीघाट, विष्णुमती, धोबिखोला लगायतका नदी किनार क्षेत्रमा बस्नेहरुलाई र सो क्षेत्र भएर यात्रा गर्नेहरुलाई आज बिहान ९ बजेसम्मै सतर्कता अपनाउन एसएमएस पठाएर अनुरोध गरेको छ ।

विभागका अनुसार ललितपुरको गोदावरी क्षेत्रमा पनि भारी वर्षा भएको छ । पछिल्लो ६ घण्टामा गोदावरीमा ४०।६ मिलिमिटर वर्षा मापन भएको छ । ललितपुरकै लेलेमा ३५।४ मिलिमिटर वर्षा भएको छ ।

तर काठमाडौं उपत्यकाकै भक्तपुर क्षेत्रमा भने मध्यम खालको मात्र वर्षा भएको छ । । श्रोत ः अनलाईन खबर