१० असार, पर्वत । जिल्लाको फलेवास नगरपालिकाले चालु आर्थिक बर्षमा हालसम्म ६१ दशमलब ६५ प्रतिशत खर्च गरेको छ । नगर सभाको पन्धौं अधिवेशनमा प्रस्तुत वित्तिय प्रगति प्रतिवेदनमा कुल बजेटको ६१ दशमलब ६५ प्रतिशत खर्च भएको उल्लेख छ ।
नगर उपप्रमुख शोभा क्षेत्रीद्धारा प्रस्तुत आगामी बर्षको बार्षिक बजेटमा चालू आ.व को जेठ मसान्त सम्ममा चालू खर्चतर्फ (सशर्ततर्फको संशोधित) समेत) ५२ करोड ९० लाख २१ हजार ५४ रुपैयाँ विनियोजन भएकोमा ३६ करोड ९५ लाख ८२ हजार ५ सय २१ रुपैयाँ ३६ पैसा खर्च भइ ६९ दशमलव ८६ प्रतिशत वित्तीय प्रगति भएको कुरा उल्लेख छ ।
यसैगरीे पूँजीगत खर्चतर्फ (सशर्ततर्फको संशोधित) समेत) २५ करोड ७३ लाख १६ हजार ७सय ५६ रुपैयाँ विनियोजन भएकोमा ११ करोड ७१ लाख ७ हजार ४ सय ४३ रुपैयाँ २९ पैसा खर्च भइ ४५ दशमलव ५१ प्रतिशत वित्तीय प्रगति भएको कुरा उल्लेख गरिएको छ ।
नगरपालिकाको समग्रमा कुल रु. ७८ करोड ६३ लाख ३७ हजार ८ सय १० बजेट विनियोजन भएकोमा ४८ करोड ६६ लाख ८९ हजार ९ सय ६४ रुपैयाँ ६५ पैसा खर्च भइ ६१ दशमलव ६५ प्रतिशत वित्तीय प्रगति भएको छ ।
अन्तरसरकारी अख्तियारीअन्तर्गत हालसम्म स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम अन्तर्गत दीर्घ रोगिहरुलाई उपचार खर्च बापत मासिक ५ हजारका दरले उपलब्ध गराउने रकम चालू आर्थिक वर्षको पहिलो ६ महिनाको कुल १९ लाख ५० हजार खर्च भएको छ भने पछिल्लो ६ महिनाको लागि आवश्यक पर्ने अपुग रकम सम्बन्धित निकायमा माग गरिएको नगरपालिकाले जनाएको छ ।
त्यसैगरी सामाजिक सुरक्षा तथा संरक्षण कार्यक्रम अन्तर्गत हालसम्म १५ करोड ३४ लाख ३४ हजार ७९ रुपैयाँ खर्च भएको छ भने चौथो त्रैमासिकको लागि अपुग भएको रकम सम्बन्धित निकायमा माग गरिएको नगर उपप्रमुख क्षेत्रीले प्रस्तुत गरेको बजेट पुस्तिकामा उल्लेख गरिएको छ ।




