Print

चट्याङ पछि आगलागी हुँदा महाशिलामा १ घर जलेर नष्ट


६ जेठ, पर्वत । जिल्लाको महाशिला गाउँपालिका वडा नं. ४ पाखापानीमा घरमा चट्याङ पर्दा पुणर् रुपमा जलेर क्षति भएको छ ।
शनिवार साँझ ६ बजेको समयमा स्थानीय पवित्रा क्षत्रिको घरमा चट्याङ परेको थियो । चट्याङले विद्युत सर्ट भई आगालागी हुँदा दुई तले कच्ची घरमा पुणर् क्षति भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

साँझको समय भएका कारण मानविय र पशुचौपायाको क्षति भने भएको छैन । घर जल्दा नगद, अन्नपात, लत्ताकपडामा पुणर् रुपमा क्षति भएको छ । क्षतिको विवरण संकलनका लागि आइतबार जनप्रतिनिध र प्रहरीको टोली घटनास्थल महाशिलाको पाखापानी पुगेको छ ।

चट्याङका कारण विद्युत प्रशारण लाईनको ३३ केभि सवस्टेसन अन्तर्गत ११ के भी रानीपानी फिडर को ब्रेकरमा समेत क्षति पुगेको छ । उक्त फिडर अन्तरर्गत पर्ने पर्वतको महाशिला गाउँपालिकाका बालकोट, होस्राङ्दी, भोक्सिङ र बिहादी गाउँपालिकाका उराम, वहाकी, रानीपानी, बराचौरमा विद्युत सेवा अवरुद्ध बनेको छ ।

चट्याङले जिल्लाका विभिन्न ठाउँका व्यक्तिगत घरका मिटर बक्स जल्ने, इन्टरनेटका उपकरणमा क्षति पुगेको भएपनि मानविय क्षति नभएको प्रहरीले जनाएको छ ।