Print

भोली एमाले पर्वतको सपथ ग्रहण तथा कार्यकर्ता प्रशिक्षण

१२ वैशाख, पर्वत । नेकपा एमाले पर्वतको १० औँ जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिको सपथ ग्रहण कार्यक्रम भोली अर्थात वैशाख १३ गते गर्ने भएको छ ।

गत चैत ३० गते सम्पन्न भएको अधिवेशनवाट निर्वाचित अध्यक्ष बाहेकका पदाधिकारी तथा सदस्यहरुको सपथ भोली हुने भएको हो । यस अघि जिल्ला अध्यक्ष गोविन्द पहाडी र लेखा कमिटि अध्यक्ष खड्गबहादुर गुरुङले भने निर्वाचन कमिटि समक्ष सपथ लिइसकेका छन् । भोलि हुने सपथ ग्रहण कार्यक्रममा बाँकी सदस्यहरुले सपथ ग्रहण गर्नेछन् ।

एमालेले सपथसंगै कार्यकर्ता स्तरीय प्रशिक्षण कार्यक्रमको समेत आयोजना गरेको छ । बिहीवार विशेष समारोह सहित सपथ ग्रहण र प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको नवनिर्वाचित उपाध्यक्ष विमल लामिछानेले जानकारी दिए । लामिछानेका अनुसार वैशाख १३ गते कुश्माको होटल बन्दनाको सभाहलमा दिउँसो ११ बजेपछि कार्यक्रम संचालन हुने भएको छ । एक दिने प्रशिक्षण सहितको कार्यक्रमलाई सम्वोधन गर्न नेकपा एमालेका महासचिब शंकर पोखरेल आउने एमालेले जनाएको छ ।

पर्वत एमालेको दशौ जिल्ला अधिवेशनले गोविन्द पहाडीको अध्यक्षतामा ८५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको थियो ।